---Advertisement---

‘इयर अफ मिलेट्स’ मा नेपालको तस्बिर उत्कृष्ट ५ मा पर्न सफल

On: December 14, 2023 2:12 PM
Follow Us:

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘इयर अफ मिलेट्स’ प्रतियोगितामा नेपालको फोटो उत्कृष्ट ५ मा पर्न सफल भएको छ।

विश्वका ५८ देशबाट झण्डै ८०० तस्बिरहरूमध्ये नेपालमा कोदो संरक्षणमा महिलाको भूमिका सम्बन्धी तस्बिर उत्कृष्ट ५ मा पर्न सफल भएको हो।

फोटोग्राफर राज अधिकारीले स्याङ्जामा एकजना महिलाले कोदो खेतीमा काम गरिरहेको खिचेको फोटो संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको उत्कृष्ट ५ फोटोमा परेको हो।

सांस्कृतिक र पौष्टिक महत्वका साथ कोदो नेपाली घरपरिवार, विशेष गरी गाउँ क्षेत्रको अभिन्न अङ्ग बनेको र कोदोको संरक्षण तथा खेतीमा नेपालका ग्रामीण महिलाहरूको ठूलो भूमिका रहेको फोटोग्राफर अधिकारीले क्याप्सन दिएका छन्।

संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनले ‘इयर अफ मिलेट्स’ मनाइरहँदा फोटो प्रतियोगिताको आयोजना गरेको छ। भोलिसम्म आफूलाई मन परेको फोटोलाई जिताउन भोट गर्न पनि सङ्गठनले आग्रह गरेको छ।

यस्तै दोस्रो पुरस्कार विजेता आगामी १८ डिसेम्बरमा घोषणा गरिनेछ।