भारतको राजधानी नयाँ दिल्लीस्थित लालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयबाट स्नातक तहमा सर्वाधिक अंक ल्याएका पर्वतका रामचन्द्र रेग्मीलाई भारतीय राष्ट्रपति दौपदी मुर्मीले स्वर्णपदक प्रदान गर्नुभएको छ ।

विश्वविद्यालयको दीक्षान्त समारोहमा पर्वतको जलजला गाउँपालिका वडा नं ८ नाग्लीबाङका रेग्मीले राष्ट्रपति मुर्मीको हातबाट स्वर्णपदक पाउनुभएको हो । रेग्मीे स्नातक तह (शास्त्री) मा पाणिनीय व्याकरण विषयमा विश्वविद्यालयका सम्पूर्ण आंगिक महाविद्यालय र कलेजहरुमा अध्ययनरत विद्यार्थीहरुले भन्दा सर्वाधिक अंक ल्याएर प्रथम हुनुभएको हो ।

उहाँलाई राष्ट्रपति मुर्मीले स्वर्णपदक प्रदान गर्दै संस्कृत वाङमय र पाणिनीय व्याकरणमा अझै प्रगति गर्न शुभकामना दिनुभएको रेग्मीले सामाजिक संजालमार्फत बेनी अनलाइनलाई बताउनुभयो । उत्तरमध्यमा तहमा पनि सर्वाधिक अंक प्राप्त गर्नुभएका रेग्मीले सन् २०१८ मा भारतका पूर्व राष्ट्रपति श्रीरामनाथ कोविन्दको हातबाट पनि स्वर्ण पदक पदक प्राप्त गर्नुभएको उहाँकी आमा अम्बिका रेग्मीले जानकारी दिनुभयो ।

भारतको दिल्लीमा पाणिनीय व्याकरण शास्त्रमा पूर्व मध्यमा (नौ र दश), उत्तरमध्यमा (११ र १२) पास गरेर रेग्मीले श्रीलालबहादुर शास्त्री राष्ट्रिय संस्कृत विश्वविद्यालयबाट शास्त्री (स्नातकोत्त)मा सर्वाधिक अंक प्राप्त गर्नुभएको हो ।

Leave a Reply