म्याग्दी सदरमुकाम बेनीमा बिहिबारदेखि बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्रर–छात्रा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितासुरु भएको छ । बेनी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २५ वटा विद्यालयले सहभागीता जनाएका छन् ।

????????????????????????????????????

भलिबल,कबड्डी, एथलेटीक्स र मार्सल आर्टको विभिन्न इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगितामा विजेता, उपविजेता र तृतिय हुने विद्यालयलाई क्रमश नगद रु ५१ हजार, ४० हजार, ३० हजार रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने बेनी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष एवम् प्रतियोगिताका संयोजक चक्र केसीले बताए ।

प्रतियोगिताको उद्घाटन गदैं प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले राजनीति र खेलमा हार भएपनि निरन्तर मेहनत गरे जित हुने बताए । उनले बेनीको खेलमैदानका लागि संघीय सरकारबाट बजेटको सुनिश्चितता गरिने बताए ।

खेलकुदबाट खेलाडी र देशको समेत नाम उच्च हुने भएकाले मेहनत गरे नतिजा हासिल गर्न सकिने बताए । त्यस्तै विशिष्ट अतिथि संविधान सभा सदस्य एवम् नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले म्याग्दी जिल्ला खेलकुदमा सम्भावना भएकाले प्रतिभाहरुको पहिचान गरी उचित अवसर दिनुपर्ने बताए ।

उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशसभाका सदस्य हरि भण्डारी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले विद्यार्थीहरुमा अन्र्तरनिहित खेल प्रतिभाको पहिचान गर्न सहयोग पुग्ने बताएका थिए ।

प्रतियोगितामा समावेश छात्र भबिलल खेलमा १० र छात्रा भलिबल खेलमा ४ विद्यालयले सहभागीता जनाएका छन् । कबड्डी खेलमा छात्र र छात्रा तर्फ ६÷६ विद्यालय सहभागी रहेको नगरपालिकाले जनाएको छ । त्यसैगरि एथलेटिक्सतर्फ २५र कँरातेमा ४ विद्यालयले सहभागीता जनाएका छन् ।

तेक्वान्दो खेलमा छात्रतर्फ १०र छात्रा ४ विद्यालय , उस्सु खेतमा छात्रातर्फ ५ र छात्रतर्फ ४ विद्यालयले सहभागीता जनाएका छन् । यस बर्ष नगरपालिकाले प्रतियोगिता सञ्चालन अघि नै प्रधानध्यापकहरुको बैठकमार्फत न्यूनतम पाँच विद्यालय सहभागिता नरहेको खेलको अंक उपाधिको अंकतालिकामा गणना नगर्ने निर्णय गरे बमोजिम प्रतियोगिता सञ्चालन गराउन सुरु गरिएको नगरपालिकाका मेयर सुरत केसीले बताए ।

नगरपालिकाका उपमेयर ज्योति लामिछानेले खेलकुद गतिविधिमा भलिबल तर्फ छात्रहरुको तुलनामा छात्राहरुमा न्यून विद्यालयले सहभागीता जनाएको बताउँदै विद्यालयहरुले छात्र र छात्राहरुलाई समान अवसर दिनुपर्नेमा जोड दिईन् । प्रतियोगिता सुरु हुनुपूर्व बेनीमा झाँकी सहितको प्रभातफेरी ¥याली गरिएको थियो ।

????????????????????????????????????

Leave a Reply