म्याग्दी सदरमुकाम बेनीमा जारी बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्रर–छात्रा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितातर्फको कबड्डी र भलिबलको छात्र–छात्र दुबैमा प्रकाश मावि विजय भएको छ । पुरुष कबड्डीमा ३२–३६ ले प्रकाश माविले न्यू वेष्ट पोइन्ट आवासीय माविलाई पराजित गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा प्रकाश माविका खेलाडी अन्तिममा चम्किदाँ न्यू वेष्ट पोइन्ट पराजित हुँदै रजत पदकमा सीमित भएको थियो । त्यस्तै महिला कबड्डीमा बेनी सामुदायिक माविलाई फराकिलो अन्तरले पराजित गदैं प्रका मावि विजय भएको हो । प्रतियोगितामा प्रकाश माविले २१ स्कोरको अन्तरले बेनी सामुदायिकलाई पराजित गरेको हो । ३२–११ स्कोरमा बेनी सामुदायिकलाई रजत पदमा सिमित गदैं प्रकाश माविले स्वर्ण पदक जितेको छ ।

यसैबीच भलिबल प्रतियोगिताको छात्रतर्फ प्रकाश माविले बेनी सामुदायिकलाई सोझो सेटमा पराजित गरेको छ भने छात्रातर्फ बेनी सामुदायिकलाई प्रकाश माविले १ का बिरुद्ध दुई सेट जित्दै स्वर्ण पदक जितेको छ । कबड्डीको छात्रछात्रा र छात्रछात्रा भलिबलतर्फ ४ स्वर्ण जितेपनि छात्रातर्फ नगरभित्र जम्मा ४ विद्यालयको सहभागिता रहेकाले पदक गणना नगरिएको प्रतियोगिताका मुल संयोजक एवम् वडा नं ९ का वडा अध्यक्ष चक्र केसीले बताए । प्रतियोगितामा यसपटक प्रकाश माविका खेलाडीले चमत्कारी खेल प्रर्दशन गरिरहेका छन ।

Leave a Reply