बेनी नगरपालिका स्तरीय अन्तर माध्यमिक छात्र-छात्रा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिमा सदरमुकाम बेनीस्थित प्रकाश मावि फराकिलो अन्तर सहित पदक तालिकामा शीर्ष स्थानमा छ । बुधबारदेखि जारी प्रतियोगिताको शुक्रबार सम्पन्न भएको भलिबल,कबड्डी र एथलेटीक्स विधाका अधिकांस खेलमा प्रकाश माविले स्वर्ण पदक जितेको छ।

प्रकाश माविले एथलेटीक्समा ११ स्वर्ण, कबड्डी र भलिबलको छात्र–छात्रको दुबै समुहतर्फ स्वर्ण जितेको छ । प्रतियोगितामा छात्रा भलिबल बाहेक गणना हुने पदक तालिकामा प्रकाश मावि १४ स्वर्ण सहित शीर्ष स्थानमा छ । प्रतियोगितामा न्यू वेष्ट पोइन्ट आवासीय मावि २ स्वर्ण, माउण्ट एभरेष्ट आवासीय मावि २ स्वर्ण, सरस्वती मावि तातोपानी १ स्वर्ण र रामचन्द्र मावि १ स्वर्ण पदक जितेको छ ।

शनिबार एथलेटीक्स विधाको ११ खेल बाँकी छ । ११ वटै खेलमा अन्य विद्यालयले जितेपनि प्रकाश मावि चौथौ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुदमा प्रथम हुने निश्चित भइसकेको छ । यसपटकको राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुदमा प्रकाश माविले मार्सल आट बाहेक भलिबल,कबड्डी र एथलेटीक्स तीन वटै विधा बचस्व कायम गरेको छ ।

शैक्षिकसँगै खेलकुद गतिविधिमा समेत प्रकाश माविले पछिल्ला बर्षमा निकै सुधार गरेको छ। यसपटकको भलिबल,कबड्डी र एथलेटीक्सका खेलमा प्रकाश माविका खेलाडी मैदानमा चम्किएका थिए । प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २५ वटा विद्यालयले सहभागीता जनाएका छन् ।

प्रतियोगितामा विजेता,उपविजेता र तृतिय हुने विद्यालयलाई क्रमश नगद रु ५१ हजार, ४० हजार, ३० हजार रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिने प्रतियोगिताका संयोजक एवम् बेनी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष चक्र केसीले बताए ।

 

 

Leave a Reply