नेपाल जेसीजको उत्कृष्ट यूवा पुरस्कारबाट चर्चित यूवा गायक प्रकाश दुतराज सम्मानित भएका छन् । बुटवल जेसीजको आतिथ्यतामा शन बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको ५० औँ राष्ट्रिय महाधिवेशनको अवसरमा गीतसंगीतको माध्यमबाट विश्वभर चिनिएका म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनका दुतराजलाई प्रमुख अतिथि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सम्मानपत्रले सम्मान गरेका छन् ।

‘सक्षम युवा सुदृढ देशः सुशासनका लागि समुन्नत परिवेश’ भन्ने नारा सहित गर्न आयोजित राष्ट्रिय महाधिवेशनमा म्याग्दी जेसीजको सिफारिसमा दुतराज सम्मानित भएको शाखा अध्यक्ष सुमन बानियाँले बताए ।

उनले म्याग्दी जेसीजको छनौटलाई सर्वसम्मतले सम्मानित गर्नु जिल्लाको सांगीतिक क्षेत्रको समेत गौरव प्रतिष्ठासँग जोडिएको बताए । गायक दुतराजको हालै सार्वजनिक भएको रिमै नामक गीत छोटो समयमै करोड क्लवमा प्रवेश गरेको थियो भने ।

गायक दुतराजको ‘लाहुर जाने रेलैमा’, आरने, बैनी झ्यालैमा, घर कता हो बैनीको, पछ्यौरीको तातो, तिरिरि मुरली बज्यो तारेभीर,फूल लाउँथें शिरमा जस्ता सांगितिक श्रृखला संगीतका पारखीले निकै रुचाएका थिए । दुतराजको नयाँ कोशेली रिमैं राउटे समुदायको बसाइसराईको कथासँग जोडिएको थियो ।

राउटे समुदायको कथा संस्कृति, माया, प्रेम र जिवनको कथा म्यूजिक भिडिओमा देखाएर सर्वत्र चर्चा कमाएका दुतराजले गीत मनोरञ्जनका लागि भन्दा पनि समाजको विकृती र सामाजिक सद्भावका लागि भएको बताए । उनले गृह जिल्ला म्याग्दीको माटोले गीत सिर्जना गर्न सिकाएकाले आगामी दिनमा जिल्लालाई चिनाउने गरी काम गर्ने बताए ।

Leave a Reply