पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं ३, मुनामा धवलागिरी गाँउपालिकामा रहेका ४ वटा सहकारीका प्रवन्धकहरुलाई ५ दिने सफ्टवेयर सम्वन्धि तालिम सम्पन्न भएको छ ।

सहकारीहरुलाई आफ्ना सहकारीको आर्थिक कारोवारहरुलाई व्यवस्थित तरिकाले अनलाईन सफ्टवेयरमा राख्दा कारोवारस्पष्ट, चुस्त दुरुस्त र व्यवस्थित हुने, जुनसुकै ठाँउवाट पनि कारोवार गर्न सकिने र आफ्नो सहकारीको कारोवार अनलाईन सिस्टमवाट जतिवेला र जुनसुकै वेलामा पनि हेर्न सकिने र अनुगमन गर्न सकिने भएको छ ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा संगम म्याग्दीको सञ्चालनमा धवलागिरी गाँउपालिका रहेका ५ वटा सहकारीहरुको क्षमता विकास, सदस्य तथा समुदायका व्यक्तिहरुको आय आर्जन वृद्धि गर्नको लागि घुम्तीकोष स्वरुप सहकारीहरुलाई कुल १,५३,०५,२६१ रकम सहयोग गरिसकेको छ ।

संगम म्याग्दीको आयोजना, गुड नेवर्स इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा धवलागिरी गाँउपालिकाको समन्वयमा उक्त तालिम सञ्चालन भएको हो । उक्त तालिममा जिल्ला समन्वय समितिका उपप्रमुख श्री डिल कुमारी खत्री, शिक्षा समन्वय ईकाइ प्रमुख दल वहादुर थापाधवलागिरी गाँउपालिकाका सहकारी शाखा प्रमुख एंव शिक्षा श्रोत व्यत्तिश्री गिरि प्रसाद छन्त्याल, संगम म्याग्दीका कार्यकारी निर्देशक दिपक पौडेल, गुड नेवर्स इन्टरनेशनलका परियोजना संयोजक  रमेश वुढा, कार्यसमिति सदस्य देवी जि.सि, संगम म्याग्दीका सहकारी, व्यवसाय विकास अधिकृत शम्भु पन्थि, संगम म्याग्दीका शिक्षा तथा संरक्षण अधिकृत विश्वनाथ आचार्य लगायतको उपस्थिती रहेको थियो ।

उक्त तालिमको समापन सत्रमा जिल्ला समन्वय समतिका उप–प्रमुख श्री डिल कुमारी खत्रीले दुर दराजमा रहेर सहकारीहरुले साना साना पँुजीहरुलाई जम्मा गर्दै, आम नागरिकहरुलाई वचत गर्न प्रोत्साहन गर्दै, साना साना व्यवसाय गर्नलाई आर्थिक सहयोग गर्र्र्दै आईरहेकोमा खुसी व्यक्त गर्नु भयो । आगामी दिनमा सहकारीहरुले स्थानिय उत्पादन वृद्धि गर्दै जाने र वजारीकरणको लागि पनि लाग्नु पर्ने कुरामा जोड दिनु भयो ।

Leave a Reply