नेपाली कांग्रेसको महामन्त्री विश्वप्रकाश शर्मा आइतबार म्याग्दीको सदरमुकाम बेनीमा आउने भएका छन् । नेपाली कांग्रेसमा लोकप्रिय यूवा नेताको रुपमा चिनने शर्मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति म्याग्दीले यही पौष १ गते जिल्ला सम्मेलनको उद्घाटन गर्न आउने भएका हुन् ।

बेनीको नेपाल भाषा मंका खलको सभाहलमा आयोजना गरिने जिल्ला सम्मेलनको उद्घाटन सहित विविध कार्यक्रमहरु रहेको पार्टीका जिल्ला सचिव भरत बहादुर रकालले बताए । उनका अनुसार प्रचारप्रसार सहित आवश्यक तयारी पूरा भएको बताए ।

सम्मेलनका प्रमुख बक्ता शर्मा यसअगाडी स्थागित भएको कार्यतालिकामा समेत प्रमुख अतिथि थिए । दोस्रो पटक भुकम्पका कारण देश नै शोकमा डुवेको अवस्थामा स्थगित गरिएको सम्मेलनमा जिल्लाका सबै स्थानीय तहका ४१ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य कार्यकर्ता समेत उपस्थिती हुने नेपाली कांग्रेसका कोषाध्यक्ष अमृतमान शेरचनले बताए ।

‘प्रतिनिधिका लागि समेत आवश्यक तयारी पूरा भएको छ, निर्धारित समयमै सुरु हुन्छ,सम्मेलनले कांग्रेसलाई थप गतिशिल बनाउँछ’ कोषाध्यक्ष शेरचनले भने ।प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन यस पटपक अधिवेशनपछि पहिलो पटक हुन लागेकाले अहिले सम्म कार्य समितिले गरेका प्रगति र साँगठनिक, आर्थिक प्रतिवेदनको बिषयमा छलफल समेत हुने छ ।

सम्मेलनबाट नेपाली कांग्रेस म्याग्दीले गर्न थप कार्यक्रम सहितका कार्यतालिकाहरुका बारेमा समेत छलफल हुने छ । कांग्रेस भित्र गुटगत गतिविधि भन्दा विचारको राजनीतिबाट सबैको मन जितेका विश्वप्रकाश तातोपानी कुण्ड, गलेश्वर सहित जिल्लाभित्र समय अनुकल भएका क्षेत्रमा समेत पुग्ने बताइएको छ ।

Leave a Reply