बेनीको प्रकाश मावि स्तरीय अन्तर माध्यमिक छात्रर–छात्रा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता च्याम्पियन बनेको छ । बेनी नगरपालिकाकद्धारा आयोजित प्रतियोगिता २२ स्वर्ण, ५ रजत गरी कुल २७ पदक प्राप्त गर्दै प्रकाश मावि च्याम्पियन बनेको हो । ५ स्वर्ण, १० रजत र २ कांस्यसाथ न्यू वेष्ट पोइन्ट आवासीय मावि उपविजेता र माउण्ट एभरेष्ट आवासीय माविले २ स्वर्ण, १ रजत र २ काँस्य सहित तेश्रो भएको छ ।

प्रतियोगितामा विजेता,उपविजेता र तृतिय हुने विद्यालयलाई क्रमश नगद रु ५१ हजार, ४० हजार, ३० हजार रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । मार्शल आर्टतर्फ छात्र/छात्रा तेक्वान्दो, कराते र उशु तथा टिम इभेन्ट तर्फ एथलेटिक्स, कबड्डी र भलिबलमा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीले समेत सम्मानित गरिएको थियो।खेलाडी र विद्यालयलाई नगर प्रमुख सुरत केसी,उपप्रमुख ज्योति लामिछाने, प्रबक्ता रमेशकुमार श्रेष्ठ लगायत जनप्रतिनिधिले सम्मान गरेका थिए । प्रतियोगितबाट जिल्लास्तरीय खेलका लागि छनौट भएका खेलाडीलाई समेत आवश्यक प्रशिक्षणमा समेत नगरपालिकाले सहयोग गर्ने मेयर सुरत केसीले बताए ।

उनले यसपटकको अनुभवले अबका प्रतियोगिताका लागि विद्यालयलाई समेत बजेट विनियोजन गरी तयारीलाई थप ब्यवस्थित बनाउने बताए । प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २५ वटा विद्यालयले सहभागीता जनाएका थिए । प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्राछात्रा कबड्डीमा प्रथम भएको प्रकाश माविले एथलेटीक्स विधिका अधिकांस एकल, समुहगत खेलमा समेत स्वर्णपदक जितेको थियो ।  

Leave a Reply