अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

बाटोमा भेट्टाएको नगद सम्बन्धित व्यक्तिलाई फिर्ता

On: December 16, 2023 11:25 PM
Follow Us:
---Advertisement---

म्याग्दीमा एक दुग्धपालक किसानले बाटोमा पाएको पैसा र महत्वपूर्ण कागजात सम्बन्धित व्यक्ति खोजेर फिर्ता गरेका छन् । सदरमुकाम बेनीबाट बेनपा-६ नेपाने जाँदै गरेका याम बिरहीले बाटोमा हराएको नगद १० हजाररुपैयाँसहितको पर्स र महत्वपूर्ण कागजपत्र बास्बोटका दुर्गाप्रसाद पौडेलले घरमै बोलाई हराएका खेम दमाईको श्रीमतिलाई हस्तान्तरण गरेका थिए।

‘बाटोमा खसेको देखेपछि सम्बन्धित ब्यक्तिलाई घरमै बोलाएर फिर्ता दिए,अहिलेको समयमा इमान्दारिता देखाउनु सबैभन्दा ठूलोआवश्यकता हो, मैले यसअगाडी पनि बाटोमा भेटेपछि फिर्ता गरेको थिए’ दुग्ध ब्यवसायी पौडेलले भने ।

उनले इमान्दारिताको खडेरी लागेको अहिलेको समयमा बाटोमा भेटिएका सामान सम्बन्धित ब्यक्तिलाई फिर्ता गरी मानवीय सहकार्य देखाउनुपर्ने बताए ।

यता हराएको पैसा र कागजपत्र पाएपछि खेम दमाईले श्रीमति जुनु दमाईमार्फत बु्झ्दै खुसी व्यक्त गरे । ‘बेनीबाट घर फर्किदा कहाँ खसेछ, दुईपटक ओहोरदोहोर गरेर खोजेपनि भेटिएन, पछि घरमा पुगेपछि पैसा सहित भेटिएको जानकारी पाएपछि खुसी लाग्यो’ दमाईले भने ।