नेपाली कांग्रेस म्याग्दीले आइतबार गर्ने जिल्ला सम्मेलनको तयारी पूरा भएको छ । नेपाली कांग्रेसको लोकप्रिय यूवा नेता एवम् महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको कांग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले बताए ।

सम्मेलनका प्रमुख बक्ता शर्मा सहित केन्द्रिय र जिल्लास्तरका नेताहरुको सहभागिता रहने छ । यसअगाडी स्थागित भएको कार्यतालिकामा समेत प्रमुख अतिथि थिए । विहान ११ बजे नेपाल भाषा मंका खलको सभाहलमा सुरु हुने नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य निर्मल खत्रीले बताए ।

प्रत्येक बर्ष गर्नुपर्ने सम्मेलन यस पटपक अधिवेशनपछि पहिलो पटक हुन लागेकाले अहिले सम्म कार्य समितिले गरेका प्रगति र साँगठनिक, आर्थिक प्रतिवेदनको बिषयमा छलफल समेत हुने छ ।

सम्मेलनबाट नेपाली कांग्रेस म्याग्दीले गर्न थप कार्यक्रम सहितका कार्यतालिकाहरुका बारेमा समेत छलफल हुने छ । जिल्लाका सबै ६ वटै स्थानीय तहका ४५ वडाका करिब सात सय पचास क्षेत्रीय प्रतिनिधिहरु सहित अन्य कार्यकर्ता समेत उपस्थिती हुने बताइएको छ ।

Leave a Reply