बेनी नगरपालिकाकद्धारा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा प्रकाश माविबाट सहभागी भएका ६१ जना खेलाडीले नै पदक जितेका छन् ।

टिम इभेन्ट तर्फ एथलेटिक्स, कबड्डी र भलिबलका साथै मार्शल आर्टतर्फ छात्र÷छात्रा तेक्वान्दो, कराँते र उशुमा सहभागी भएका विद्यालयका खेलाडीले स्वर्ण र रजत पदक जितेर फर्किए । प्रतिया२२ स्वर्ण, ५ रजत गरी कुल २७ पदक प्राप्त गदैं नगर च्याम्पियन भएको प्रकाश माविका खेलाडीहरूले आशाको दियो बालेको विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले बताए ।

‘यो कीर्तिमानी प्रदर्शन पनि हो,हामीले शिक्षा र खेलकुदलाईसँगै लैजान्छौ’ प्रअ हमालले भने । उनले शैक्षिक क्षेत्रमा समेत जिल्लामा सर्वोत्कृष्ट नतिजा ल्याएको विद्यालयले अबका दिनका खेलकु्दलाई समेत उच्च प्राथमिकता दिने बताए ।

उनले जिल्लामा विद्यालयस्तरीय प्रतियोगितामा सबै खेलाडीले पदक जितेको सम्भवत् यो सफलता पहिलोपटक भएको बताए। प्रकाश माविनै नै उद्घाटन सत्रको मार्चपासमा समेत प्रथम भएको थियो ।

च्याम्पियन बनेको प्रकाश माविका लागि पदक दिलाउने अधिकांंस खेलाडीको भने आर्थिक स्थिति बलियो नभएपनि विद्यालयले नै खेलकुदलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिरहेको छ । पारिवारिक र व्यक्तिगत जीवनका समस्या तथा अभावको पर्वाह नगरी खेलाडीहरूले विद्यालयका लागि पदक जितेको विद्यालयले जनाएको छ ।

प्रतियोगिताका सबै विधामा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेपछि खेलाडीलाई प्रोत्साहनको कार्यक्रमहरु समेत ल्याउने विद्यालयले जनाएको छ। प्रकाश माविसँगै प्रतियोगितामा सहभागी भएका अन्य सामुदायिक विद्यालय र संस्थापक विद्यालयका खेलाडीको प्रदर्शन सम्झनलायक रहेको छ ।

५ स्वर्ण, १० रजत र २ कांस्यसाथ उपविजेता र २ स्वर्ण, १ रजत र २ काँस्य सहित तेश्रो भएको माउण्ट एभरेष्ट आवासीय माविका साथै अधिकांस खेलमा उत्कृष्ट प्रर्दशन गर्दागदैं रजत पदकमा चित्त बुझाउनु परेपनि बेनी सामुदायिक विद्यालयले समेत राम्रो प्रदर्शन ग¥यो ।ग्रामिण क्षेत्रबाट आएका सामुदायिक विद्यालयका खेलाडीको समेत विभिन्न विधामा खेल प्रदर्शन प्रशंसायोग्य नै छ ।

प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २५ वटा विद्यालयले सहभागीता जनाएका थिए। प्रतियोगितामा विजेता,उपविजेता र तृतिय हुने विद्यालयलाई क्रमश नगद रु ५१ हजार, ४० हजार, ३० हजार रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो ।

स्वर्ण पदक (२२+३=२५)

१) भलिबल छात्र – १० जना

२) भलिबल छात्रा – १० जना (उत्कृष्ट खेलाडी एष्टर गर्बुजा)

३) कपर्दी छात्र – १० जना (उत्कृष्ट खेलाडी सराेज जिसी)

४) कपर्दी छात्रा-१० जना (उत्कृष्ट खेलाडी रिया विश्वकर्मा )

५) २०० मि छात्र-युकेन तामाङ (एथलेटिक्स उत्कृष्ट खेलाडी )

६) २०० मि छात्र-सुष्मा परियार (एथलेटिक्स उत्कृष्ट खेलाडी )

७) ४०० मि छात्र-नवीन परियार (डेक)

८) ४०० मि छात्रा-अमृता श्रीपाली

९) ८०० मि छात्र-रिजन पुन

१०) ८०० मि छात्रा-स्नेहा गर्बुजा

११) १५०० मि छात्र-ईश्वर न्याैपाने

१२) १५०० मि छात्रा-मनजिता परिया,

१३) ३००० मि छात्र – ईश्वर न्याैपाने

१४) सटपट छात्र-युकेन तामाङ

१५) सटपट छात्रा-मुना गर्बुजा

१६) ज्याभ्लिङ थ्राे छात्र-सुमन विश्वकर्मा

१७) ज्याभ्लिङ थ्राे छात्रा-सुजता गर्बुजा

१८) हाईजम्प छात्रा-रेणु विश्वकर्मा

१९) ट्रिपल जम्प छात्रा-रेणु विश्वकर्मा

२० ) १०० ×४ रिले छात्र-युकेन, रिजन, नवीन, प्रविन परियार

२१) ४००×४ रिले छात्र-रिजन, नवीन, प्रविन, सुमन

२२) १००×४ रिले छात्रा-सुष्मा, स्नेहा, अमृता र खिममाया मगर (जुनु)

२३) ४००*४ रिले छात्रा-सुष्मा, स्नेहा, अमृता र जुनु

२४) उसु – सज्जन विश्वकर्मा

२५) तेक्वान्दो -विशाल पुन (मार्चपासमा प्रथम हुन सफल)

रजत पदक (५+३.=८)

१. १०० मिटर छात्र-युकेन तामाङ

२. १०० मिटर छात्रा-सुष्मा परियार

३. ३००० मिटर छात्रा-मनजिता परियार

४. लङ्जम्प छात्र-प्रसान्त घिमिरे

५. ट्रिपलजम्प छात्र दिप्सन भण्डारी

६) कराँते -श्रीया गुरुङ

७) तेक्वान्दो – राेशनी पुर्जा

८) तेक्वान्दो – सराेज पुन

(३१ स्वर्ण मध्ये २२ स्वर्ण र ५ रजत सहित लगातार दाेस्राे पटक पनि राष्ट्रपति शिल्ड जित्न सफल ) बेनी नगरपालिका स्तरीय राष्ट्रपति कप-२०८०

 

 

Leave a Reply