समाज सेवामा बिश्व कै अग्रणी सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रियको ५१औं ईशामे फोरममा लायन्सडिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी सम्मानित भएका छन्।

लायन्स अन्तर्राष्ट्रियमा सबै भन्दा बढ़ी क्लब र लायन्स सदस्यता बृद्वी गरेकोमा सो सम्मेलनमा उनि सम्मानित भएका हुन्
गभर्नर केसीको नेतृत्वमा डिष्ट्रिक्ट ३२५ आई नेपालबाट ३८ वटा नयाँ क्लब साथै एक हजार २५ नयाँ सदस्य लायन्स अन्तर्राष्ट्रियमा दर्ता गराउन सफल भएका थिए । ३८ क्लब समेत गरी डिष्ट्रिक्ट ३२५ आई नेपालमा १८१ वटा क्लब रहेका छन् ।

सम्मानित भए पश्चात सामाजिक संजालमा सम्पूर्ण लायन्स सदस्यलाई धन्यवाद सहित आभार ब्यक्त गर्दै गभर्नर केसीले लेखेका छन्,‘पुन: एकपटक यहाँहरूले आफ्नो डिष्ट्रिक्ट ३२५ आई मार्फत नेपाललाई दुनियाका लायन्स मार्फत संसारभर सुनिने, चिनिने र देखिने बनाउनु भएको छ ।

यहाँहरुको मेहनत र नेतृत्वदायी भुमिकाको म उच्च प्रशंसा गर्दछु यहाँहरुले आफ्नो डिष्ट्रिक्टलाई प्रथम बनाउन सफल भै ५१औं इशामे फोरम, बंगलादेशमा पुरस्कृत गराउनु भएकोमा हार्दिक बधाई  हामी थाक्ने छैनौ र जित भन्दा अझ अगाडी सोच्ने छौ ।

मसँग त्यस्तो कुनै शब्दछैन, जसले यहाँहरुको योगदानको सम्मान गर्न सकु र पनि सम्पुर्ण क्याविनेटका लिडरहरू क्लबका अध्यक्षहरुमा ह्र्दय देखि हार्दिक आभार प्रकट गर्दछु बिशेष गरी यो अभियानमा योगदान गर्ने लायन साथिहरुयसको असली हकदार हुनुहुन्छ र यहाँहरु इतिहासले सम्झने एक पवित्र पात्र पनि हुनुहुन्छ ।’

लायन्स अन्तर्राष्ट्रियको चार दिने ५१औं ईशामे फोरम डिसेम्बर १४ देखी बंगलादेशको ढाकामा भईरहेको छ । सम्मेलनमा ६३ राष्ट्रका लायन्स सदस्यहरु र बाकी अन्य मुलुकका पर्यवेक्षक गरी करिव १०० राष्ट्रका लायन सदस्यहरुको उपस्थिति रहने गर्दछ ।

इशामेमा भारत, दक्षिण पुर्वि एशिया, अफ्रिका तथा मिडिल इष्टका ६३ राष्ट्रको क्षेत्रिय सम्मेलन भन्ने बुझिन्छ । यसमा लायन्सले गरेका कार्यक्रमको मुल्याङन भावी कार्य योजनाका बिषयमा छलफल र निणर्य हुनेछ ।

दुई हज़ार बढ़ी लायन्स क्लबका करिव ५० हज़ार लायन्स सदस्यहरु नेपालमा लायनबादमा समर्पित भै सकृय रहेका छन् । नेपालका लायन्स सदस्य लायन्स अन्तर्राष्ट्रियमा परिचित भई सन् २०१५ र २०२३ मा अन्तर्राष्ट्रिय निर्देशक पाई सकेको छ लायन्सले नेपालमा गरेको सामाजिक कार्यको सम्मान गर्दै पहिलो पटकसन् २०१५ मा संजय खेतान र हाल बालकृष्ण बुर्लाकोटीले अन्तर्राष्ट्रिय निर्देशकको रुपमा नेतृत्व गरिरहेका छन्।

Leave a Reply