पत्रकारिता आफैमा चुनौतीपूर्ण बिषय हो, त्यो माथी पनि परदेशमा बसेर कुनै कम्पनीको डिउटिको बाबजुद समय निकालेर सत्य र तथ्यको पक्षमा उभिएर समाजमा हुने गरेका विभिन्न घटना र परिघटनाहरुको बिषयमा निरन्तर कलम चलाउन कत्तिको सहज होला ? सायदै अनुमान लगाउन सकिन्छ।

हो यी यावत बिषयलाई सहज मानेर गर्न सके असम्भव केही छैन भन्दै वैदेशिक भुमी कतारमा रहेर बिगत लामो समयदेखि सत्य तथ्य, निष्पक्ष र खोजमुलक पत्रकारिता गर्दै पत्रकारको रुपमा स्थापित भैसकेका म्याग्दीका पत्रकार तिलु शर्मा पौडेल शुक्रबार एकै दिन दुई सस्थाद्वारा सम्मानित भएका छन ।

शुक्रवार प्लाजामलको लालिगुँरास रेस्टुरेन्टको सभाहलमा सम्पन्न भएको नेपाली श्रमिक कल्याणकारी संघ कतारको चौथो अधिवेशन र होटल रेडिसन, भेनस सभा हलमा भएको शेष घलेद्वारा संरक्षित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कतारको दशौँ अधिवेशन तथा रचना वाचन कार्यक्रमबाट शर्माले एकै दिन छुट्टाछुट्टै दुई सम्मान पाएका हुन ।

शर्माले कतारमा रहेर पत्रकारिताको कलम मार्फत प्रवासी नेपालीहरुको हकहित र अधिकारको सुनिश्चितता साथै नेपाली भाषा, कला संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै नेपाली श्रमिक कल्याणकारी संघले मायाको चिनोसहित कदरपत्र र एनआरएनए एनसिसि कतारले प्रशंसापत्रको साथमा नगद २ सय ५ कतारी रियाल (नेरु ७ हजार १ सय) सहित सम्मान गरेको हो ।

म्यादी जिल्ला रघुगंगा गाँउपालीका वडा न ०२ भगवतीमा जन्मिएका शर्मा विभिन्न संघ सस्थाबाट धेरै पटक सम्मानित भए पनि यसरी पत्रकारको रुपमा एकै दिन दुइओटा सम्मान पाउदा आफुलाई खुशी लागेको बताउछन उनी भन्छन “पत्रकारिता मार्फत आवाज विहिनहरुको आवाज बोल्दै र सत्य तथ्यको खोजी गर्दै कयौं असहजताहरु सङ्ग लड्दै गलत र विसङ्गती विरुद्ध निष्पक्ष लेख्ने आँट गरेको भएर नै मैले यो सम्मान पाएको हो” ।

कतारमा करिब दुई दशक बिताइसकेका शर्मा २०१४ देखि म्यादी अन्लाईन, साझा नेटवर्क, लालीगुराँस, केन्द्रबिन्दु डटकम, अनलाईन पोर्टल हुँदै अहिले मध्याह्न राष्ट्रिय दैनिकमा आबद्ध भएर कतारबाट संबाददाताको रुपमा कलम चलाउदै आएका छन ।

 

Leave a Reply