सहकारीहरुको साधारणसभा चलिरहेका छन्। यतिवेला सदस्यहरूको मूख्य ध्यान सहकारी कसरी सवल बनाउन सकिन्छ भन्ने तर्फ कम र सहभागी भत्ता खाजा र बोनस रकममा बढी केन्द्रित रहनु सुखद् होईन।  सञ्चालक कर्मचारी र सदस्यहरुले आ-आफ्ना जिम्मेवारी र दायित्व निर्वाह गर्नुपर्छ।
केही सहकारीमा देखिएको समस्यालाई देखाएर समग्र सहकारी क्षेत्रको बदनाम गर्न खोज्ने तत्वको कारण सहकारीमा आउने बचत रोकिनु सहकारी सञ्चालनको मुख्य चुनौति बनेकोछ।
सरकारको सहकारी लाई हेर्ने दृष्टिकोण कालो धन सुरक्षित गर्ने स्थानको रुपमा रहेको कारण नीतिगत लगाम लगाईनु जले गर्दा भएको बचत सुरक्षित गर्न बैंक संग प्रतिश्पर्धा गर्दै १३-१४ प्रतिशत सम्म बचतमा ब्याज दिनुपर्ने र लगानी १६%भन्दा माथि लान नपाइने करण आम्दानी गुम्नु, सहज अवस्थामा १२-१५%तरलता ब्यवस्था गरे पुग्नेमा सदस्यको जुनसुकै बेला हुनसक्ने अनपेक्षित बचत फिर्तालाई सहज बनाईराख्न तरलता २५%+ मा राखिरहनुपर्ने हुंदा १३-१४%मा लिएको रकम बैंकमा ४-५%मा राखिरहदा ठुलो ब्याज घाटा बहन गर्नुपर्ने, आर्थिक मन्दिको प्रभावले सदस्यको रोजगार गुम्ने, लगानी गरेको ब्यवसाय डुब्ने तर महंगि बढ्ने भएकाले सदस्यले किस्ता ब्याज नियमित गर्न नसक्दा असुली प्रभावित बनेको,
स्थाको सञ्चालन खर्च हरेक वर्ष केही न केही बृद्धि भैरहने, संस्थामा रहेको सदस्यको बचत (सहकारीमा पैसा राखे मुद्दती नै गर्ने हो भन्ने धारणा छ) रकम मध्य आवधिक (मुद्दती) बचत अत्याधिक हुंदा ब्याज खर्च बढी जानु।  आदि कारणहरुले संस्थाहरुको सञ्चालन आम्दानी सन्तोषजनक हुंदा समेत खुद मुनाफा गुमाउन पुगेका छन्।
सहकारी को लागि यो अत्यन्त जटिल अवस्था हो यस्तो अवस्थामा सहकारी बचाईराख्नु महत्वपूर्ण हुन्छ भनेर सदस्यहरुले बुझिदिनु पर्छ। बिगतमा लेखापरीक्षणमा आम्दानीको ठूलो हिस्सा नदेखाउने, नियमानुसार कोषको ब्यवस्था गरेतापनि शिक्षा कोष, प्रवर्धन कोष जस्ता कोषहरू लाई बोनसमा सारेर बितरण गर्ने गर्दा मुनाफा बढि बांडेको देखिने गर्दथ्यो तर अहिले अवस्था फरक छ, सहकारीमा दिगोपन ल्याउन कोषहरू प्रसस्त हुनुपर्छ भन्ने बिषय प्राथमिकताका साथउठाउन थालिएकोछ। सहकारी दिगो वनाउन धेरै सदस्यको थोरै थोरै शेयर, कम्तिमा शेयर बराबर कोषहरु, कुल बचतको ४० प्रतिशत धन सृजना गर्ने बचत (नियमित बचत) हुनु आवश्यक हुन्छ।
यस्तै संस्थाहरूले राम्रा सदस्य मैत्री सामाजिक कार्यहरु निरन्तर गरिरहनुआबश्यक हुन्छ, सञ्चालक समितिले सञ्चालमा रहेको अवधिमा ऋण लिनुहुँदैन जस्ले ऋण प्रवाह र असुलिमा नैतिक बल प्रदान गर्दछ साथै कर्मचारीमा सञ्चालक वाट हुन सक्ने अनावश्यक दवाव कम गर्न मद्दत गर्छ, सञ्चालक समिति आर्थिक गतिविधि मा संलग्न हुनुहुदैन जस्को कारण आर्थिक पारदर्शिता र सुशासन कायम गर्न सहज हुन्छ सहकारीका छाता संगठनहरु राजनीतिको शिकार बन्नु अर्को दुर्भाग्य हो।
जिल्ला सहकारी संघको पदाबधि सकिएको करिब २ बर्ष भइसक्दा अझै पुनर्गठन हुन सकेको छैन, बचत तथा ऋण जिल्ला सहकारी संघ चरम राजनीतिको शिकार बन्यो गठन भएको दशक पछि मुस्किलले औपचारिक सत्र गरेर समिति पुनर्गठन गर्न नसकेर रोकिएकोछ, बहुद्देश्यीय सहकारी संघ कता छ कसैलाई थाहा छैन। नेफ्स्कुनको अधिवेशनको पुर्वसन्ध्यामा राजनीतिक प्यानलका उम्मेदवारी घोषणा भएकाछन्। यि आदि कारणले सहकारी अभियानहरु जिल्ला देखि केन्द्र सम्म सफल बन्न सकेनन्।
नियामक निकायलाई ५ अनुरोध:
१) सहकारी राज्यको नीति भित्र रहेर चल्ने स्वनियमनकारी संस्था हुन् भन्ने बुझ्नुहोस्।
२) बिगतमा सहकारी दर्ता गर्दा एकैघरका ब्यक्तिहरु संलग्न भै पेस हुंदा समेत बेवास्ता गरिएका लगायतका कम्जोरी सम्झिनुस् ।
३) सहकारी सञ्चालनको आधारभूत ज्ञान नै नभएकाहरु लाई बैधानिक ठगिको बाटो हिड्न तपाईहरुले प्रोत्साहन गरेको सम्झनुहोस्।
३) तपाईंहरुका सार्वजनिक कार्यक्रमका अभिब्यक्तिले सहकारी प्रति अविश्वास बढाउन सहयोग गरेको छ यसलाई ख्याल गर्नुहोस्।
४) तथ्यमा आधारित भएर गहिराईमा पुगेर सुझाव सल्लाह र मार्गनिर्देशन गर्दा मात्र सहयोग हुन्छ भन्नेकुरा मनन् गर्नुहोस्।
५) बिरालो लाई कोठाभित्र थुनेर पिट्नुभयो भने आफु बच्न तपाईं माथिनै जाईलाग्छ यहि नियति सहकारी कर्मिको हुन सक्छ भन्ने कुरा नविर्सनुहोस्।
बचत तथा ऋण सहकारीको सदस्यले गर्नुपर्ने १० महत्वपूर्ण कार्यहरु :-
१) एकै स्थानिय तहको दुई वा सो भन्दा बढी समान उद्देश्य रहेको सहकारीमा सदस्य हुनुहुदैन, छ भने आजै एउटामा मात्र रहने निर्णय गर्नुस् र उचित संस्था छनौट गर्नुस् ।
२) सहकारीमा तोकिएको रकम अनिवार्य बचत गर्नुहोस् र अनिवार्य बचत सहित कम्तिमा तिन वटा योजनामा
सहभागी बन्नुहोस् ।
३) सके पटक पटक नसके हप्ताको एकपटक त्यो पनि नसके महिनाको एक पटक अनिवार्य संस्थामा पुग्नुहोस् र संस्थाको गतिविधि बारे जानाकारी लिनुहोस्, केही सुझाव भएमा लिखित नभए मौखिक रुपमा दिनुहोस् ।
 ४) संस्थाले आयोजना गर्ने सहकारी शिक्षा, विस्तारित बैठक, विभिन्न सर्भेक्षणहरुमा सक्रिय सहभागिता जनाउनुहोस् ।
५) संस्थालाई सुझाव दिँदा उचित सम्भव हुने र सकेसम्म अधिक सदस्यको हित हुने खालका सुझावहरु दिनुहोस् ।
६) तपाईंको तर्फबाट सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा उपसमिति लगायतका विभिन्न उपसमितिहरु र कर्मचारी वर्गको कामको सुक्ष्म निगरानी राख्नुहोस् र उचित सुझाव पेस गर्नुहोस् । सुझाव पेस गर्दा ब्यक्तिगत मनमुटावको आधारमा नभई स्वतन्त्र वनेर सुझाव पेस गर्नुहोस् ।
७) लिएको ऋणको नियमित ब्याज र किस्ता अनिवार्य तिर्नुहोस्।
८) बार्षिक साधारण सभामा अनिवार्य र रचनात्मक उपस्थिति जनाउनुहोस्।
९) संस्थाले आयोजना गर्ने सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउनुहोस् ।
१०) सहकारी लाई पुर्ण विश्वास गरेर कारोबार गर्नोस् जस्को सिको तपाईको नजिकमा रहेको अर्को व्यक्तिले गर्न सकोस् र नजिकको ब्यक्ति लाई सहकारी को सदस्य बनाउनुहोस् ।

Leave a Reply