अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

डब्लूएचओले भन्योः कोभिड–१९ को नयाँ स्वरुप जेएन.१ खतरनाक छैन

By एजेन्सी
On: December 20, 2023 12:28 PM
Follow Us:

विश्व स्वास्थ्य सङ्गठनले नयाँ कोभिड–१९ भेरिएन्ट जेएन.१ लाई ‘भेरिएन्ट अफ इन्टेरेस्ट’ बताएको छ। सङ्गठनले हालसम्म जेएन.१ भेरिएन्ट पुष्टि भएका बिरामीहरूमा कुनैपनि किसिमको गम्भीर स्वास्थ्य समस्या नदेखिएको पनि बताएको छ।

समाचार संस्था रोयटर्सका अनुसार फेला परेको यो स्ट्रेन कोभिड–१९ को अन्य भेरिएन्टको तुलनामा रोग प्रतिरोधात्मक क्षमतालाई छिटै प्रभावित बनाउन सक्छ। तर, यसले कुनैपनि किसिमको गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ भन्ने हालसम्म पुष्टि हुन सकेको छैन।

अमेरिकाको जन्स हपकिन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थका भायरोलोजिस्ट एन्ड्रयू पेकोजले पछिल्लो समय पुष्टि भएको जेएन.१ भेरिएन्टले मानिसहरू सङ्क्रमित हुने दर उच्च हुन सक्ने बताए। उनले यस भेरिएन्टका कारण मानिसमा सङ्क्रमण देखिएपनि गम्भीर खतरा भने नहुने पनि दावी गरे।

विश्व स्वास्थ्य सङ्गठनले जेएन.१ को गम्भीर सङ्क्रमण देखिएमा हालका कोरोनाविरुद्धका खोप प्रभावकारी नहुने पनि बताएको छ।

सङ्गठनका अनुसार भारतको केरल राज्यमा यसको पुष्टि भएको हो।

एजेन्सी