---Advertisement---

ग्लोबल आइएमई बैंक सम्मानित

On: December 22, 2023 1:37 PM
Follow Us:

ग्लोबल आइएमई बैंक ‘भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित भएको छ। भिसा इन्टरनेसनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ डेबिट कार्ड प्रवद्र्धनमा उत्कृष्ट बनेबापत यो अवार्ड प्रदान गरिएको हो।

बैंकले हालैमात्र भिसासँगको सहकार्यमा ‘भिजा स्क्यान टु पे’ भुक्तानी प्रणालीको सुरु गरेको छ। क्युआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्न सकिने सो प्रविधि नेपालमै पहिलो रहेको बैंकले जनाएको छ।