---Advertisement---

गरिमाले १० प्रतिशत लाभांश वितरण गर्ने

On: December 22, 2023 1:49 PM
Follow Us:

गरिमा विकास बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९-८० को सञ्चित मुनाफा तथा सेयर प्रिमियमबाट सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकले हाल कायम चुक्ता पुँजीको ९.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त भएर विकास बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने भएको छ।