विगत १० दिनदेखि भारतको राजिव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरको बेड नं. ३६५७ ‘एफ’ मा उपचारार्थ म्याग्दीको बेनी नगरपालिका–१०, पात्लेखेतकी मनिषा पाईजा (मोनिका) लाई आफुँ कार्यरत पाटन एकेडमी अफ हेल्थ साइन्सेजको ब्लर्ड क्यान्सर यूनिटमा रहेका बिरामीको झझल्को आइरहेको छ ।

गएको भदौ महिनादेखि पाटन एकेडमीमा ब्लड क्यान्सरबाट छटपटाइरहेका बिरामीको उपचारमा ब्यस्त मोनिकाको अचानक शरीरको अंग झम्झमाउने,जोर्नी पोलेको र लगातार थकानको महसुस हुन थालेपछि चेकजाँच गर्दा चिकित्सकले हड्डीको क्यान्सर भएको बताएपछि अहिले अभिभावकको साथमा राजिव गान्धी क्यान्सर सेन्टरमा छिन् ।

बाल्यकालदेखि नै स्वास्थ्य क्षेत्रबाट सेवा गर्ने मोनिकाको चाहना अनुसार दिपक मावि पात्लेखेतबाट २०७४ सालमा एसइइ उत्र्तिणा गरेपछि नर्सिङ क्षेत्र रोजेकी उनी ’रजिस्ट्रेड नर्स हुन् ।

पाटन एकेडमीको ब्लड क्यान्सर यूनिटमा रहेको १८ बेडमा कलिला बालबालिकादेखि बृद्धबृद्धाको सेवामा खटिएकी मोनिकाले अहिले आफ्नै उपचारका लागि सहयोगको याचना गरिरहेकी छन् ।

२० बर्षिया मोनिकाले बिरामीको उपचारकै क्रममा क्यान्सरबाट पीडित भएको रिर्पोट आएपछि छाँगाबाट खसेको अनुभूति गरिन् । बिरामीको उपचारकै क्रममा आफुँ बिरामी भएर अस्पतालमा भर्ना हुने अवस्थाको मोनिकाले कल्पनासमेत गरेकी थिइनन् ।

मोनिकाका बारेमा चिकित्सकले बताएपछि बुबा ओमबहादुर र आमा पूर्णकुमारीलाई आकाश झरेझैँ र धर्ती भासिएझैँ भयो । पढाइपछि जागीरमा लागेकी छोरी मोनिका नै बिरामी भएर उपचारमा आर्थिक समस्या भएको छ । छोरीको उपचारका लागि भारतमा रहेका ओमराज दम्पत्तीले गहभरि आँसु पार्दै सहयोग गरी बचाईदिन अपिल गरिरहेका छन् ।

‘म अहिले मृत्युसँग संर्घष गरिरहेको छु,‘जटिल समस्याका बिरामीको उपचारमै संलग्न थिए, अहिले आफ्नै उपचारमा सहयोग जुटाउनुपर्ने बाध्यता आइलागेको छ’मोनिकाले बेनीअनलाइनसँको कुराकानीमा भनिन् । उनले भगवानले लिइरहको परीक्षामा सफल भएर बिरामीको जीवनभर निःस्वार्थ सेवा गर्ने बताईन् ।

‘आँखैअगाडि छटपटाउंँदै प्राण त्याग गर्दा पनि मैले दह्रो मुटु बनाएर बिरामीको सेवामा खटिएको थिए, अहिले आफुँ नै बिरामी हुदाँ त्यो दिन सम्झिरहेको छु, सबैतिरबाट प्राप्त मायाँले मेरो आत्मबल बढेको छ’ मोनिकाले भनिन् ।

अस्पतालमा आमाबुबाको आँखामा टल्किने आँसुलाई सधैको लागि लुकाएर बिरामीको अनुहारमा मुस्कान दिने गरी सेवामा फर्किने बताईन् । चाँडै निको भएर काममा फर्किने र स्वास्थ्य क्षेत्रमा लागेपछि बिरामीको उपचारमा फर्किनै पर्ने उनको भनाई छ ।

संक्रमणमुक्त भएकै दिनसेवामा फर्किएर अहिले उपचारमा आर्थिक सहयोग गर्ने र मनोबल उच्च राख्ने सबैको सहयोगलाई सेवाबाटै तिर्ने बताइन् । ‘मैले सहयोग खेर जान दिन्न,घरबाट उपचार सम्भव नभएपछि सबैको साथ खोजेको थिए, अहिले सबैतिरबाट हौसला मिलेको छ’ मोनिकाले भनिन् ।

उनले अस्पतालको सैयाबाटै आफूँ कार्यरत यूनिटमा रहेका बिरामीको अवस्थाका बारेमा समेत सहकर्मीहरुसँग चासो देखाउने गरेकी छन् ।

चौथो चरणको हड्डीको क्यान्सर विरुद्ध संघर्ष गरिरहेकी मोनिकाले घरको आर्थिक अवस्था कमजोर रहेकाले नै सहयोगका लागि अपिल गर्नुपरेको मनिषा पाइजा (मोनिका) बचाउ अभियानले जनाएको छ । अहिले मनिकाको उपचारका लागि स्वदेश तथा विदेशमा धमाधम आर्थिक संकलन अभियान सञ्चालन भइरहेको छ ।

Leave a Reply