विगत सात महिनादेखि युनाइटेड अरब इमिरेट्स( यूएई) अलपत्र परेका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका एक यूवालाई घर फकाईएको छ ।

पासर्पोट र भिसा विहिन भएपछि अलपत्र परेका पाखापानीका सुबिन्द्र पाइजालाई मोना यूएईले आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपालसम्मको हवाइ टिकटको समेत ब्यवस्था गरी पठाइएको महासचिव काजिमान बुढाथोकीले  बताए ।‘यो अभियानमा साथ दिने सबैलाई धन्यवाद, उहाँको सबै प्रक्रिया मोनामार्फत भएको थियो’ महासचिव बुढाथोकीले भने ।

कम्पनी छोडेर बसेका पाईजा समस्यामा परेको जानकारी पाएपछि मोना यूएईले दुतावास, प्रहरी रिर्पोट, यूएईबाट बाहिर जाने पास, हवाई टिकटको खर्च संस्थामार्फत गरिएको थियो ।

पाईजाले मोना यूएईबाट अलपत्र परेको अवस्थामा न्यानो सहयोग मिलेको बताए । उनले अलपत्र परेको अवस्थामा पाएको साथ र सहयोग जिबनभरी नर्बिसने बताए । उनलाई मोनाको टोलीले सारजाह एयर्पोटमा पुगि विदाई गरेका थिए ।

मोना यूएईका अध्यक्ष राम्जालीले रोजगारी र अन्य विभिन्न माध्यमाबाट यूएईमा प्रवेश गरेपछि समस्यामा परेका म्याग्देलीलाई सक्ने सहयोग गरेको बताए ।

‘मोना सबै म्याग्देलीको साझा संस्था हो, हामीले सक्ने सहयोग गछौं, यूएईको कानुन नजान्दा धेरै समस्यामा पर्नुभएको छ, कानुनी सचेतना समेत आवश्यक छ‘ अध्यक्ष राम्जालीले भने ।

यूएईमा रहेका म्याग्देलीलाई मोनामा आवद्ध भएर रचनात्मक साथ र सहयोग गर्न समेत अपिल गरिएको छ । मोनामार्फत यसअगाडी पनि समस्यामा परेकालाई घर फिर्ती पठाइएको र आर्थिक सहयोग समेत गरिएको थियो ।

यसैबीच म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारका सुजन बरुवाल सहित २ वटा केशमा मोनाले सहयोग सहित पहल गरिरहेको छ । घारका सुजन गएको साउन महिनादेखि जेलमा परेका छन् ।

Leave a Reply