म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर वृद्धाश्रमलाई सहयोगी हात कास्की नेपालले वासिङ मेसिन सहयोग गरेको छ । शनिबार आश्रममा आयोजित एक कार्यक्रम गरी जेष्ठ नागरिकको लुगा धुन सहज हुने गरी ७७ हजार बराबरको मेसिन गरिएको हो ।

सहयोगी हात कास्की नेपालकी अध्यक्ष राधा पौडेलले गलेश्वर जेष्ठ नागरिक आश्रमका अध्यक्ष बमबहादुर पुन सहित आश्रमका पदाधिकारीलाई हस्तान्तरण गर्नुभयो ।

वासिङ मेसिनका लागिका लागि सहयोग हात कास्कीलाई केही यूवाले सहयोग गरेका थिए । बृद्धआश्रममा रहेका ज्येष्ठ नागरिकलाई संस्थामार्फत भोजन समेत गराइएको थियो ।

सोही अवसरमा गलेश्वर जेष्ठ नागरिक आश्रमले सहयोगदातालाई सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो । आश्रममा रहेका जेष्ठ नागरिकलाई संस्थागत एवम् ब्यक्तिगत रुपमा सहयोग गर्ने गरिएको छ । हाल ४८ जना ज्येष्ठ नागरिक आश्रममा बसोबास गर्छन् ।

 

Leave a Reply