लायन्स क्लब अफ बेनी म्याग्दीले बेनी नगरपालिका–६,मा विपन्न समुदायलाई बाख्रा सहयोग गरेको छ । शनिबार बास्बोटमा आयोजित एक कार्यक्रम गरी ८ जना विपन्न घरपरिवारलाई एक÷एक वटा बाख्रा वितरण गरिएको हो । क्लवले नेपानेका ६ जना, एकपातेका १ जना र जामुनाखर्कका १ जनालाई बाख्रापालनमा प्रोत्साहन गर्न सहयोग गरिएको क्लवका अध्यक्ष रामजी विश्वकर्माले बताए ।

लायन्स गाउँ घोषित नेपाने र आसपासका बस्तीका विपन्नलाई छनौट गरी लायन्स क्लव अफ अन्तराष्ट्रिय ३२५ आई का जोन चियरपर्सन अर्जुन पौडेल र क्लवका अध्यक्ष विश्वकर्माले हस्तान्तरण गरेका थिए ।

बाख्रा हस्तान्तरण कार्यक्रममा विपन्नलाई आयआर्जनमा सघाउने गरी सञ्चालन गरिएकाले दुरुपयोग नगर्न प्रमुख अतिथि पौडेलले अनुरोध गरे । उनले लायन्स क्लवले शिक्षा, स्वास्थ्य सहित समुदायस्तरमा आयआर्जनका क्षेत्रमा समेत सहयोग गर्ने गरेको बताए ।

करिब ४० घरपरिवार रहेको नेपानेका बासिन्दालाई लायन्स क्लवले हरेक बर्ष सहयोग गदैं आइरहेको छ । क्लबले बाख्रा व्यवस्थापनका लागि पदम केसीको संयोजकत्वका तीन सदस्यीय समिति समेत गठन गरी अनुगमन समेत भइरहेको छ ।

नेपानेलाई लायन्स गाउँ घोषणा गरेसँगै विभिन्न समयमा आयआर्जनसँगै शैक्षिक लगायत विभिन्न गतिविधि सञ्चालन गर्दै आइरहेको लायन्स क्लब अफ बेनीले जनाएको छ ।

लायन्स क्लब अफ बेनी लायन्स क्लव अफ अन्तराष्ट्रिय ३२५ आईका वर्तमान अध्यक्ष चन्द्रकुमार केसीको मात्रृ शाखा समेत हो । बाख्रा हस्तान्तरण कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष रामजी विश्वकर्मा, स्वागत विनय श्रेष्ठ र सञ्चालन शिव खड्काले गरेका थिए । क्लवले स्थानीय विद्यालयलाई समेत न्यानो कपडा सहित शैक्षिक साम्रागी वितरण गरेको छ ।

 

Leave a Reply