म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको ५ मेगावाटको घलेम्दी हाईड्रो लिमिटेडले दशौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले पौष २९ गते विहान ११ बजे सासा ब्याङ्गकेट, नयाँबजार काठमाडौंमा बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि पुस १८ गते बुक क्लोज गर्ने कम्पनीले जनाएको छ ।  तसर्थ, पुस १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउन सक्नेछन् ।

वार्षिक साढे १३ करोड रुपियाँ बराबरको विद्युत खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत खरिद गर्ने विद्युत प्राधिकरणसँग सम्झौता भएको छ।

Leave a Reply