पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलोपटक डिजिटल एक्सरे (कम्प्युटराईज रेडियोग्राफी) मेशिन सञ्चालनमा ल्याइएको छ ।

गएको साउन महिनादेखि मेनुअल एक्सरे मेशिनबाट दिइरहेकोे केन्द्रमा एकसाता अगाडीदेखि डिजिटल मेशिन सञ्चालनमा आएको हो ।  डिजिटल एक्सरे मेशिन सञ्चालनमा आएसँगै रिपोर्ट र बिरामीको समस्या पहिचानमा निकै सहज भएको केन्द्रका सूचना अधिकारी यमन नेपालीले बताए ।

कम्प्युटरराईज रेडियोग्राफी सञ्चालन भएपछि जुनसुकै प्रकारको एक्सरेलाई कम्प्युटरमा आवश्यकता अनुसार जुम गरेर हेर्न सकिने, मेनुअलबाट भन्दा धेरै गुणा राम्रो र छिटो एक्सरे रिपोर्ट आउने केन्द्रले जनाएको छ । गएको मंसिर २६ गतेदेखि सुरु भएको डिजिलट सेवाबाट हालसम्म २६ जनाले सेवा लिएका छन् ।

मालिका, धवलागिरी गाउँपालिका तथा पश्चिम बागलुङबाट आउने सेवाग्राहीको समस्यालाई मध्यनजर गरी कम्प्युटराईज रेडियोग्राफी सञ्चालनमा ल्याएपछि जटिल समस्या पहिचान गरी तत्कालै रिफर गर्न समेत सहज भएको छ ।

लायन्स क्लव अन्तराष्ट्रिय ३२५ बि आइ नेपालको सहयोग गरेको ५०० एम.ए. कम्पुटेड रेडियोग्राफी सहितको एक्सरे मेसिन हस्तान्तरण भएपनि निकै प्रयास गर्दा पनि उक्त मेसिन सन्चालनमा ल्याउन नसकेपछी सोही मेसिनको कम्प्युटेड रेफियोग्राफि सिस्टम लाई पुरानै १०० एम.ए. को एक्सरे मेसिनमा प्रविधिलाई अपग्रेड गरिएको छ ।

Leave a Reply