नेपाली कांग्रेस म्याग्दीले राष्ट्रिय सभाका लागि म्याग्दीबाट ३ जनाको नाम पठाएको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले अन्यबाट माधबप्रसाद रेग्मी, अपाङ्क तर्फबाट सुरेन्द्र खत्री, महिलाबाट बिना खड्काको नाम केन्द्रमा पठाएको नेपाली कांग्रेस म्याग्दीका सह–सचिव श्रीराम पौडेलले बताए ।

म्याग्दीबाट पठाइएको नाममा प्रदेश तथा केन्द्रीय समितिमा समेत उम्मेदवार बनाउन समेत आवश्यक दवाव समेत दिने कांग्रेसले जनाएको छ ।  पार्टीलाई जटिल समयमा पनि सक्रिय भएर र लामो राजनीतिक जीवन बिताएका रेग्मी र खड्काका साथै अपाङ्ताको क्षेत्रमा खत्रीको समेत योगदान रहेकाले राष्ट्रिय सभा सदस्यका लागि योग्य रहेको कांग्रेसले जनाएको छ ।

कार्यसम्पादन समितिमा कार्यबाहक सभापति हरिकुमार श्रेष्ठ,उपसभापति केबी भण्डारी, पूर्व सभापति रेशम बानियाँ, सचिव भरत रकालकोषाध्यक्ष अमृतमान शेरचन, सदस्य लिला बानियाँ लगायतको उपस्थिीति रहेको थियो ।

Leave a Reply