म्याग्दीको बेनी नगरपालिका-९,काउँलेगौडाकी ३३ बर्षिया हिराकुमारी चोखाललाई म्याग्दी प्रवासी नेपाली संघ मोना अन्तराष्ट्रियले आर्थिक सहयोग गरेको छ । घरेलु कामदारको रूपमा भारत हुदैं कुवेतमा बेचिएपछि विभिन्न माध्यमबाट उद्धार गरिएकी चोखाललाई मोना आइइसी सचिवालयका सदस्यहरुले ३७ हजार मोनाका संरक्षक सुवासकुमार श्रेष्ठमार्फत हस्तान्तरण गरेका थिए ।

सहयोग हस्तान्तरण कार्यक्रममा हिराकुमारीले सबैको साथ र सहयोगले जिवितै घर फर्किन सफल भएको बताउँदै सहयोगी सबैलाई धन्यवाद दिएकी िथिइन् । उनले कुवेतमा घरेलु कामदारका रुपमा भारत हुदैै जानु मृत्यु रोज्नु सरह रहेको बताउँदै धेरै नेपाली चेलीको जिवन बिचल्ली भएको बताइन् ।

हिराकुमारीलाई सहयोग हस्तान्तरण गदैं मोनाका संरक्षक श्रेष्ठले प्रवासमा रहेका म्याग्देलीलाई मोनामार्फत सहयोग गर्ने कार्यको एउटा मात्रै उदाहरण रहेको बताए । उनले विश्वभर रहेका म्याग्देलीलाई मोनामा आवद्ध भएर रचनात्मक कार्यहरुमा सहभागी हुन समेत अनुरोध गरे । मोना अन्तराष्ट्रियका अध्यक्ष ददीवल खड्काले खाडीमा जेलमा परेका र समस्यामा रहेका म्याग्देलीलाई उद्धार तथा राहतका अभियानलाई प्राथमिकता दिने बताए ।

उनले मोनामार्फत समस्यामा परेका म्याग्देलीलाई सहयोग गर्ने कोष तथा विभिन्न राहतका कार्यक्रमहरुमा सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए । उनले राष्ट्रिय कार्यकारी समितिमार्फत समेत धेरै काम भएको बताए । करिब ८ महिना कुवेतमा नारकीय जिवन विताएकी हिराकुमारीका बारेमा पहिलोपटक बेनीअनलाइनले समाचार प्रकाशित गरेपछि उद्धार सहितको कार्य सुरु भएको थियो ।

Leave a Reply