---Advertisement---

ठूलो आन्द्रामा समस्या देखिएपछि पीडित रिजाललाई सहयोग

On: December 25, 2023 9:45 AM
Follow Us:

ठूलो आन्द्रामा समस्या देखिएपछि उपचारार्थ म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँका दिपक रिजाललाई म्याग्दी मोवाईल तथा इलेक्ट्रिक्स संघ म्याग्दीले आर्थिक सहयोग गरेको छ । लामो समयदेखि मोवाईल तथा इलेक्ट्रिक्स पेसामा संलग्न रिजाललाई संघका अध्यक्ष हेमन श्रेष्ठ, मोवाईल तथा इलेक्ट्रिक्स एसोसरीजका अध्यक्ष नवराज सुबेदी, उपाध्यक्ष अर्जुन आचार्य, सचिव विनोद सुबेदी लगायतको उपस्थितीमा २५ हजार सहयोग हस्तान्तरण गरिएको हो ।

आन्द्रामा समस्या देखिएपछि उपचारार्थ रिजाललाई आर्थिक अभावले उपचार प्रभावित भइरहेको अवस्थामा संस्थागत सहयोग गरिएको म्याग्दी मोवाईल तथा इलेक्ट्रिक्स संघले जनाएको छ । पीडित रिजाल नेपालका साथै भारतमा समेत पुगेर उपचार गरेपनि सोचेजस्तो सुधार नभएपछि अहिले म्याग्दी नै फर्किएका छन् । पीडित रिजालको उपचारमा आर्थिक समस्या देखिएकाले सहयोग अभियान सञ्चालन गर्ने म्याग्दी मोवाईल तथा इलेक्ट्रिक्स संघ म्याग्दीका सचिव विनोद सुबेदीले बताए ।