पोखराको वीरेन्द्र चोकमा पूर्वराजा वीरेन्द्र साहको सालिक पुनःस्थापना गरिएको छ । शालिक पुनर्निर्माण समितिले करिब ८ फिट अग्लो ढलोटको सालिक राखेको हो । समितिका सचिव अरुण गिरीले भने, ‘साइत हेराएर राति साढे एक/पौने २ बजेतिर सालिक पुनर्स्थापना गरिएको हो ।’

गिरीका अनुसार पोखरा महानगरपालिका-१० मा पर्ने यो ठाउँमा २०५९ सालमा वीरेन्द्रको सालिक स्थापना गरिएको थियो ।२०६२/०६३ को जनआन्दोलनका क्रममा सालिक तोडफोड भएको थियो ।

पछिल्ला समय स्थानीयले चोक बुच्चो भयो, सालिक हुनुपर्छ भनेपछि मनवीर गुरुङको अगुवाइमा सालिक पुनर्निर्माण समिति बनाएर काम गरेको गिरीले बताए ।सालिक राखेपनि अरु काम बाँकी नै रहेको भन्दै २०/२५ लाख बजेट लाग्ने अनुमान छ ।

Leave a Reply