अन्नपूर्ण बेनी धवलागिरी मंगला मालिका रघुगंगा म्याग्दी पर्वत बाग्लुङ देश गण्डकी

---Advertisement---

महिला उद्यम विकास समितिको १५ दिने ब्यवसायीक केश श्रृंगार तालिम

On: December 25, 2023 7:38 PM
Follow Us:

सिपमूलक  व्यवसाय सञ्चालन गर्ने जनशक्ती उत्पादन गर्ने उदेश्यले म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगत महिला उद्यम विकास समितिले श्रृंगारका क्षेत्रमा कार्यरत म्याग्दीका किशोरीलाई १५ दिने केश श्रृंगार स्तरबृद्धी तालिम प्रदान सुरु गरेको छ।

महिला उद्यम विकास समितिको आयोजनामा पिस साइन व्युटी होम एण्ड ट्रेनिङ सेन्टरको अस्पताल चोकमा रहेको शाखामा तालिम सुरु भएको हो । तालिममा पहिलो कोर्स सकेकालाई निःशुल्क अवसर दिइएको छ । तालिमको उद्यमी प्रमिला जोशी श्रेष्ठले प्रशिक्षण दिनुभएको छ ।

कम लगानी, व्यवसायप्रतिको बढ्दो आकर्षण र बैदेशिक रोजगारीमा जाने किशोरीको आर्कषण रहेको श्रृंगार पेशालाई ब्यवस्थित बनाउन तालिमको आवश्यकता रहेको प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।

पछिल्लो समय आर्थिक अवस्था कमजोर भएका, रोजगारीको खोजीमा रहेका र ब्यवसाय नै सञ्चालन गर्ने चाहने किशोरीको लागि व्युटीपार्लर आर्कषणका केन्द्र बनेपछि महिला उद्यम विकास समितिकी अध्यक्ष लक्ष्मी कार्की भण्डारीले बताउनुभयो ।

सौन्दर्यको पक्ष पनि मानिसको एक गहना भएकाले बेरोजगार महिला तथा किशोरीहरुलाई सिप सिकाएर रोजगारको सिर्जना गरी आत्मनिर्भर बनाउने उद्देश्यसहित व्युटीपार्लर तालिम सेन्टर सहयोगी बनेको समितिको अध्यक्ष भण्डारीको भनाई छ। ब्यूटिपालर तालिम दिन थालेपछि आर्कषण बढेको छ ।