बेनी नगरपालिका स्तरीय चाैथाे राष्ट्रपती कप-२०८० काे शिल्ड विजेता प्रकाश माध्यमिक विद्यालयले नगद सहित खेलाडी सम्मान गरेको छ । विद्यालयकाे ७१ आैं वार्षिकोत्सव तथा अभिभावक भेलाकाे अवसरमा पदक जित्ने खेलाडीहरूलाई नगद १ लाख साेह्र हजार प्रदान गरेको छ ।

चाैथाे राष्ट्रपति शिल्डमा विद्यालयले छात्रछात्रा भलिवल, छात्रछात्रा कपर्दी र छात्रछात्रा एथलेटिक्स तर्फ प्रथम र मार्शल आर्ट तर्फ समेत पदक प्राप्त गरि ५ उत्कृष्ट खेलाडी सहित २५ स्वर्ण (७८ वटा स्वर्णपदक) र ८ रजत सहित कुल ८६ वटा पदक प्राप्त गरेकाे थियोे । प्रतियोगितामा सहभागी ६१ जनाले नै पदक प्राप्त गरेका थिए ।

खेलाडीहरूकाे प्राेत्साहनकाे लागि एक स्वर्ण पदककाे एक हजार पाँच सय, एक रजतकाे एक हजारकाे दरले पुरस्कृत गरिएको र जेहेन्दार र शैक्षिक पक्षमा समेत अब्बल रहने खेलाडीहरूलाई आगामी दिनमा छात्रवृत्ति लगायतले थप प्राेत्साहित गरिने कुरा विद्यालयका प्रअ लेखबहादुर हमालले बताउनु भएको छ ।

साेहि अवसरमा लगातार दाेस्राे पटक शिल्ड जित्न याेगदान पुर्याए खेल शिक्षक डिल प्रसाद श्रेष्ठ, भलिबल प्रशिक्षक मलिन राेका, कपर्दी प्रशिक्षकद्वय कुमार तामाङ र अभिनेष श्रेष्ठ साथमा फुटबल प्रशिक्षकद्वय सुदिप श्रेष्ठ र दिलिप राम्मान गरेकाे छ ।

साथमा एथलेटिक्स उत्कृष्ट खेलाडी सुष्मा परियारलाई बेनी नगरपालिकाका कार्यपालिका सदस्य एवम् बेनी सातका वडा सदस्य पुर्व विद्यार्थी सृजना श्रेष्ठले हाउस ड्रेस र शैक्षिक सामाग्री हस्तान्तरण गरि हाैसला प्रदान गर्नु भएको थियोे विद्यालयले बेनी नगर प्रमुख सुरत केसीको प्रमुख आतिथ्यतामा विविध कार्यक्रम सहित वार्षिकोत्सव मनाएको छ ।

Leave a Reply