शिक्षक विद्यार्थी र सहयोगदाता सम्मानित जिल्ला कै अग्रणी शैक्षिक संस्था प्रकाश माध्यमिक विद्यालयले उत्कृष्ट शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, पुर्व विद्यार्थी र सहयोगदाताहरूलाई सम्मान गरेको छ । विद्यालयले पुस ९ गते मनाएको ७१ आैं वार्षिकोत्सवकाे अवसरमा बेनी नगरपालिकाका प्रमुख सुरत केसीकाे प्रमुख आतिथ्यतामा सम्मान कार्यक्रम गरेकाे हाे ।

उत्कृष्ट शिक्षकमा भगवान बहादुर कार्की, नियमित तथा विव्यस सदस्य (शिक्षक प्रतिनिधि) याेगदानमा सरला सुवेदी, दिर्घ सेवा तथा तह संयोजकमा गणनाथ आचार्य, उत्कृष्ट कक्षा शिक्षकमा कृष्णकला सुवेदी, लगनशील र उत्तरदायी शिक्षक-कर्मचारीमा सानुहरि जाेशी र उत्कृष्ट कर्मचारीमा काेबहादुर पाैडेल सम्मानित भएकाछन् । त्यस्तै सर्वाेकृष्ट विद्यार्थीमा चनिसा छन्त्याल (कक्षा १२ विज्ञान), उत्कृष्ट विद्यार्थी (९-१२) मा स्नेहा गर्बुजा (कक्षा १२ शिक्षा विज्ञान), उत्कृष्ट विद्यार्थी (बालविकास-८)मा विपिसा शाहि (कक्षा ५), र उत्कृष्ट अभिभावकमा देवराज शर्मा पुरस्कत भएकाछन् ।

साथमा एसईई २०७९ मा ४.० जिपिए सहित नेपाल टपर समीर सुवेदी, ३.८० जिपिए सहित सामुदायिक विद्यालय तर्फ जिल्ला द्वितीय सज्जन पाैडेल र थाईल्याणडमा सम्पन्न 7th south asian karate championship मा स्वर्ण पदक विजेता मार्शल गर्बुजालाई नगर र सम्मान पत्रले सम्मानित गरेकाे छ ।

संस्थापक अध्यक्ष स्व. तेजनारायण भट्टचनकाे स्मृतिमा रू. तीन लाखकाे अक्षयकोष स्थापना गर्नुहुने शिक्षाप्रेमी पुर्व काेषाध्यक्ष गाेपाल नारायण भट्टचन र अभिभावक प्रतीक्षालय निर्माण गर्ने एसएलसी ब्याच २०४१ लाई समेत सम्मान गरेको छ । पुर्व वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा ४१ सालकाे ब्याचका २३ जनाले पाँच लाख एकानब्बे हजार सात सय एकासी संकलन गरि पालाख एकसट्ठी हजार छ सय सतासीकाे लागतमा अभिभावक प्रतिक्षालय निर्माण सम्पन्न गरेकाे हाे ।

वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथि मेयर सुरत केसीले प्रतीक्षालय उद्घाटन गर्नुका साथै २३ जना पुर्व विद्यार्थीहरूलाई सम्मान गरेका थिए । अध्यक्ष नवीन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवमा प्रमुख अतिथिबाट प्रकाशपुञ्ज वर्ष १८ अंक १ विमाेचित भएको छ । विद्यालयकाे गतिविधि, तथ्यांक र लेख रचना समावेश गरि प्रकाशित उक्त प्रकाशपुञ्जका सम्पादक गाेरखनाथ सुवेदी र प्रकाश युवा रेडक्रस सर्कल रहेको छ । कार्यक्रममा शिक्षक र विद्यार्थीहरूले आकर्षक नृत्य, गायन प्रस्तुत गरिएको थियोे भने चर्चित लाखे नाँच समेत प्रस्तुत गरिएको थियो ।

Leave a Reply