कला संस्कृति र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने भन्दै बागलुङ नगरपालिकाले सातौं बागलुङ महोत्सव थालेको छ । बुधवार राष्ट्रपति रामचन्द्र पौडेल महोत्सव उद्घाटन गर्नेछन् ।

पछिल्लो समय सुस्ताइरहेको व्यवसायलाई बढाउने लक्षले बागलुङ उद्योग बाणिज्य संघले महोत्सव गर्न लागेको अध्यक्ष नरेश कंडेलले बताए । राष्ट्रपति आउने भएपछि नेपाली सेना, प्रशासन, नगरपालिका समेतले महोत्सवको लागि आफ्नो क्षेत्रबाट सहयोग गरिरहेका छन् । साथै सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको छ ।महोत्सवको लागि बागलुङ बजार सिंगारिएको छ । धौलागिरि बहुमुखी क्याम्पस प्राङगणमा विभिन्न खेल, बाल उद्यान, व्यपारिक स्टल समेत बनाइएको छ ।

महोत्सवबाट आधादर्जन सामाजिक क्षेत्रको काम गर्ने समेत लक्ष राखिएको छ । धवलागिरि बहुमुखी क्याम्पसको गरिब, बिपन्न तथा जेहेन्दार बिद्यार्थी छात्रवृत्ति कोषमा साथ दिने, स्थानीय उत्पादनलाई जोड र कोसेली घर निर्माण तथा संचालनमा पहल, पत्रकार महासंघको संस्थागत बिकासमा साथ दिने , हाम्रो समुदाय राम्रो समुदायि भन्ने अभिव्यक्तिका साथ सामुदायिक प्रहरी रामरेखालाई सहयोग गर्ने, बजारमा सिसि क्यामेरा जडान र व्यवस्थापन गर्ने तथा व्यवसायी एकताकालागि अक्षय कोष निर्माण गर्ने उद्देश्य राखिएको अध्यक्ष नरेश कंडेलले जानकारी दिए ।

नेपाल सरकारले आगामी सन् २०२५ लाई नेपाल भ्रमण बर्ष मनाउने भनेको छ । उक्त अभियानकालागि पनि महोत्सव प्रचारात्मक हुने बताइएको छ । स्थानीय उत्पादनको बजारीकरण र ब्राण्डीङमा साथ दिने समेत उद्योग बाणिज्य संघले योजना बनाएको कंडेलले दावी गरे । मेलामा १ सय २० व्यपारिक स्टल, ३० वटा प्रवद्र्धनात्मक स्टल र बागलुङकै उत्पादन समेत राखिने भएको हो । महोत्सवलाई जिल्लाकै प्रतिष्ठाको बिषय बनाउन सकेमा व्यपार व्यवसाय बढाउने, पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालन गर्ने जस्ता काम अगाडि बढ्ने पनि कंडेलले बताए ।

महोत्सव जिल्ला स्तरकै भएपनि गण्डकी प्रदेश स्तरीय समेत भनिएको छ । यद्यपी व्यपािरक स्टल, फोटो प्रर्दशनी र गीत संगीतका हिसाबले भने महोत्सव देशभरनै प्रचार योग्य हुने संघका महासचिव ऋषिराम गौतमले बताए । महोत्सवको अबसरमा राष्ट्रिय कलाकारहरु आउनेछन् भने खुला रिले दोहोरी हुनेछ । खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, भजन प्रतियोगिता, युवा उद्यमी सम्मेलन लाइभ कन्सर्ट, बाल उद्यान र जातजातीका झाँकी समेत हुनेछन् । महोत्सवको कुनै दिन पारेर स्थानीय उत्पादन स्वरुप सुन्तला प्रर्दशनीको समेत आयोजना गरिने बताइएको छ ।

महोत्सवकालागि पूर्व अध्यक्ष युवराज राजभण्डारी नेतृत्वमा अतिथि सत्कार समिति, बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यको नेतृत्वमा कलाकार व्यवस्थापन समिति र उपाध्यक्ष संजयकुमार श्रेष्ठ नेतृत्वमा भलिबल खेल व्यवस्थापन समिति गठन गरिएको छ । कुल ३६ वटा समिति मध्य महासचिव समग्र महोत्सवको सचिव र कोषाध्यक्ष आर्थिक संयोजक रहनेछन् । मेलाको उद्घाटन गर्न आउने राष्ट्रपति पौडेलले बागलुङ कालीका र पञ्चकोटको दर्शन समेत गर्ने तयारी छ ।

Exif_JPEG_420

Leave a Reply