---Advertisement---

महेन्द्र माविलाई आर्थिक सहयोग 

On: December 27, 2023 7:41 PM
Follow Us:
म्याग्दीको रघुगंगा गाउँपालिका-५ झिँमा अवस्थित महेन्द्र माविलाई प्रवासबाट आएका एक यूवाले आर्थिक सहयोग गरेका छन् । विद्यालयको शैक्षिक अभियानमा सघाउन हाल अस्टेलियामा रहेका तेन्जीङ शेरपुञ्जाले ५० हजार आर्थिक सहयोग गरेको विद्यालयका प्रधानाध्यापक याम शेरपुञ्जाले बताए।
उनका अनुसार विद्यालयको शैक्षिक तथा भौतिक अभियानमा प्रवासमा रहेका झिँबासीको अतुलनीय योगदान रहेको छ । यसैबीच विद्यालयले आगामी माघ ३ गतेदेखि ६ गतेसम्म ३३ औं अभिभावक दिवस तथा बार्षिकोत्सवको अवसरमा खेलकुद तथा नृत्य प्रतियोगिता समेत गर्ने भएको छ ।