म्याग्दीको सदरमुकाम बेनीमा परम्परागतरूपमा लाग्दै आइरहेको माघे संक्रान्ति मेला पुस २९ देखि माघ २ गतेसम्म खुल्लामञ्च बेनीमा आयोजना गरिने भएको छ ।

‘उद्योग, व्यापार र कलाको विकास गरौँ संस्कृतिको संरक्षण गदैं पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिने मेलाका बारेमा बिहिबार विहान उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा जिल्लाका सबै स्थानीय तहका कला र संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादनका स्टल राखिने छ ।

स्थानीय उत्पादनको बजारीकरण तथा आन्तरिक पर्यटन प्रर्वधन, खुल्ला सामुहिक नृत्य, एकल महिला नृत्य,कृषि उत्पादनको प्रर्दशनीका साथै परम्परागत खानाको परिकार तथा माघेसंक्रान्ति महत्वलाई प्राथमिकता दिइने मूल संयोजक एवं महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले बताईन् । ‘उद्यमीका उत्पादनलाई बजारीकरणमा सघाउँछौ, आयातित भन्दा स्थानीय उत्पादनका धेरै स्टल हुन्छन्’ अध्यक्ष श्रेष्ठले भनिन् ।

म्याग्दी उद्योग वाणिज्य संघअन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा हुने मेलामा आउनेलाई पर्यटकीयस्थलसम्मको भ्रमणको वातावरण समेत बनाउने महिला उद्यम विकास समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठले बताइन् । मेलालाई सफल बनाउन विभिन्न २२ वटा उपसमिति समेत गठन भएको छ ।

मेलामा बेनीमा जातिय भेषभुषासहित बजार परिक्रममा तथा खेलकुदजन्य गतिविधि अन्तरगत महिला तथा पुरुष अन्धनिशान, छेलो, लठो तान्ने प्रतियोगितासमेत गरिने जनाइएको छ।

बेनीमा तीन बर्षमा एक म्याग्दी उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव र दुई पटक महिला उद्यम विकास समितिको आयोजनामा मेला आयोजना हुँदै आएको छ ।

महिलाको नेतृत्वमा समेत यसअगाडीका सबै मेला तथा सडक खाना महोत्सव सफल भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।मेला सम्पन्न गर्नको लागि रु १० लाख ८० हजार बजेट आबश्यक पर्ने अनुमान गरिएको छ ।

म्याग्दीका सबै स्थानीय तहको सह–आयोजना तथा म्याग्दी उद्योग बाणिज्य संघको संरक्षकत्वमा हुने मेलाको बारेमा आयोजित पत्रकार सम्मेलनको समितिकी अध्यक्ष अम्बिका श्रेष्ठको अध्यक्षता,महासचिव प्रमिला जोशी श्रेष्ठको सञ्चालन सम्पन्न कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष उत्तमकुमार कर्माचार्य, पुर्व अध्यक्ष कुबिरकुमार श्रेष्ठ, बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ, प्रथम उपाध्यक्ष राजेश शाक्य,द्धितिय उपाध्यक्ष लीलाराम गौतम लगायत महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply