जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा शुक्रबारदेखि बेनीमा सुरु हुने जिल्लास्तरीय ९ औं राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगितामा जिल्लाका ६ वटै स्थानीय तहबाट विभिन्न विद्याका छनोट भएका उत्कृष्ट खेलाडी सहभागि हुनेछन्। एथलेटिक्स, भलिबल, कबबडी विधाका खेलमा ६६ वटा स्वर्णमा प्रतिस्पर्धा गराईन्छ ।

पालिकामा भएको सामुहिक बाहेक एकल विधामा एथलेटिक्स तर्फ यसपटक छात्रातर्फ मंगला गाउँपालिका-२,स्थित मंगला माविकी रिकजना बोटे,बेनी नगरपालिका-७स्थित प्रकाश माविकी सुस्मा नेपाली र रघुगंगा गाउँपालिका-३ पिप्लेस्थित सविना विकले शानदार खेल प्रर्दशन गरे ।

बेनी,मंगला र रघुगंगाबाट जिल्लास्तरीय प्रतियोगितामा आउने तीनै छात्रा खेलाडीले अब पालिकाका लागि खेल्नेछन् । प्रकाश माविकी सुष्माले तीन स्वर्ण र एक रजत पदक जितेर जिल्लास्तरीय खेलमा छनौट भएकी छन् भने मंगला माविकी रिकजनाले ४ स्वर्ण र एक रजत र रघुगंगा माविकी सविना विकले ५ स्वर्ण जितिन् ।

तीनै छात्रा खेलाडीले एकल दौडमा लगातार आफ्नो बचस्व कायम गरिरहेका छन् । पालिकास्तरमा हुने खेलमा सुष्मा, रिकजना र सबिनाले पदकतालिका नै हेरफेर गरिदिन्छन् ।

विद्यालयका लागि एक पाँचवटासम्म स्वर्ण पदक जितेका खेलाडीको आर्थिक अवस्था भने दयनीय नै छ । चरम गरिबीका बाबजुत पनि एथलेटिक्स बिधाका विभिन्न खेलमा सुष्मा, रिकजना र सविनाको खेल निकै आशालाग्दो छ ।

एथलेटिक्सको समुहगत खेलमा उनीहरुको खेल उत्कृष्ट भएपनि अन्य खेलाडीको कमजोरले रजत र काँस्य पदकसम्म पुग्नुपरेपनि एकल दौड अन्तरगतका खेलमा भने निरन्तर सफलता प्राप्त गरिरहेका छन् । तीनै खेलाडी एथलेटिक्स विधामा अलराउन्डर हुन् ।

दुख,कष्ट, अभावलाई झेल्दै प्रतिकूल परिस्थितिमा पनि विद्यालयको ब्यवस्थापनमा उनीहरुले सफलता प्राप्त गरेको र अबका दिनमा प्रशिक्षण सहितका प्रोत्साहनका कार्यहरुलाई ढिलाइ गर्न जिल्ला एथलेटिक्स संघका अध्यक्ष विनोद घर्ती क्षत्रीले बताए।

‘छात्रातर्फ तीनै खेलाडी सवोत्कृष्ट छन्, अबका दिनमा जिल्लाबाट उच्च प्राथमिकता पाए भोलीका राष्ट्रिय खेलाडी हुन’ अध्यक्ष घर्ती क्षत्रीले भने । उनका अनुसार मेहनत र परिश्रमबाट प्राप्त हुने सफलतालाई गरिबीले छेक्न सक्दैन भन्ने उदाहरण बने का खेलाडीलाई अझैपनि स्थानीय तहबाट आवश्यक प्रोत्साहन हुन नसकेको बताए ।

हरेक विधामा निर्धारित समयमै तिब्र गतिको धाबक जस्तै दौडिएर पछिल्लो तीनबर्ष यता तीनैजना खेलाडीले विद्यालय र आयोजकसँगै दर्शकलाई समेत चकित पारेका छन् ।

जिल्ला खेलकुद विकास समितका अध्यक्ष दिनेश केसीले गरिबीकै कारण खेल विधामा सहभागिताको अवस्थालाई अन्त्य गरिने बताए । ‘उनीहरु अभाबै अभावमा हुर्किएकए एथ्लेटिक्सकी सुन्दर भविष्य हुन,‘अब खेलमा हुने अभावलाई हटाएर उचाई चुम्ने गरी पहल हुन्छ’ अध्यक्ष केसी भने ।

उनले प्रदेशस्तरीय प्रतियोगितापछि समस्या पहिचान गरी समाधानका लागि उचित पहल गरिने प्रतिबद्धता जनाए । प्रतियोगितामा दुःख गरी हुर्किएकाहरूको पदकका बारेमा बेनीअनलाइनले प्राथमिकताका साथ समाचार सम्प्रेशन गरेको छ।

 

Leave a Reply