रघुगंगा गाउँपालिका-३ रघुगंगा माविकी कञ्चन भण्डारीले जिल्लास्तरीय प्रतियोगिताको डेब्यु खेलमै स्वर्ण पदक जितेकी छन्। म्याग्दीको सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा शुक्रबारदेखि सुरू भएको जिल्लास्तरीय नवौँ राष्ट्रपति राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको १५ सय मिटर दौडमा रघुगंगा माविकी १३ बर्षिया कञ्चन भण्डारीले स्वर्ण पदक जितेकी छन् ।उद्घाटन खेलको छात्रातर्फ ४ नम्बर जर्सीमा १५ सय मिटरको दौडमा प्रतिस्पर्धाको तयारीमै पहिलो खेलमै सफलता प्राप्त नहुने भन्दै भाबुक बनेकी थिइन् ।

विद्यालयका प्रधानाध्यापक रमेशसिंह ठकुरीले हैसला दिदैं मैदानमा प्रवेश गराए । ट्रयाकमा एकै लयमा दौडिरहेकी भण्डारीले जिल्लास्तरीयमा सहभागी भएको पहिलो खेलमै स्वर्ण पदक जितिन् । ‘मेरो लागि यो पहिलो अनुभव थियो, पराजित हुने डरले खेल अगाडी रोए, पानी पिएर दौडिन थाले’ स्वर्णपदक जितेपछि कञ्चनले बेनीअनलाइनलाई भनिन् ।

उनले जिल्लास्तरीय प्रतियोगितामा भाग लिएको पहिलो खेलमै स्वर्ण जित्ने सपना पूरा भएको बताइन् । उनले एथलेटिक्स विधामा अझै राम्रो गर्न निरन्तर मेहनत गर्ने बताईन् । पालिकास्तरीय चौथो राष्ट्रपति रनिङ शिल्डमा कञ्चनले १ हजार, १५ सय र ४ इन्टु ४ मा तीन स्वर्ण जितेकी थिइन् ।

यता विद्यालयका प्रअ ठकुरीले कञ्चनले जिल्लास्तरीय एथलेटिक्समा सानदार खेल प्रर्दशन गरेको बताए । ‘एथलेटिक्स विधामा अलराउन्ड कञ्चनले समान्य अभ्यासबाटै पहिलो खेलमै स्वर्ण पदक जितेकी छन्,‘सबैको साथ र सहयोग पाए धेरै राम्रो गर्न सक्छिन्’ प्रअ ठकुरीले भने । डेब्यु खेलमै एथलेटिक्समा चम्किएकी कञ्चन जारी प्रतियोगितामा ८ सय र रिलेमा समेत प्रतिस्पर्धा गर्ने प्रअ ठकुरीले बताए ।

उनले पालिका र जिल्लास्तरीय खेलमा कञ्चनको सफलताले उज्ज्वल भविष्यको संकेत गरेको बताए । यसैबीच मुक्तिधाम मावि भगवतीकी सोनिया खड्काले समेत डेब्यू खेलमै लोभलाग्दो प्रर्दशन गरेकी छन् । कञ्चनले स्वर्ण जित्दा सोनियाले पच्छाउँदै रजत पदक हात पारिन् ।

प्रतियोगिताको उद्घाटन खेलमा १५ सय मिटर दौड प्रतियोगितामा छात्रतर्फ मालिका गाउँपालिकाका विशाल सुनारले स्वर्ण, रघुगंगा गाउँपालिकाका सुझाब पुर्जाले रजत र बेनी नगरपालिकाका इश्वर न्यौपानेले कास्य पदक जितेका छन् ।

प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई जिसस प्रमुख थापा, प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, रघुगंगा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्री, प्रहरी नायब उपरिक्षक मदन कुँवर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसी, महिला भलिबलकी राष्ट्रिय कप्तान अरुणा शाही लगायतले पुरस्कार वितरण गरेका थिए ।

 

Leave a Reply