बेनीमा शनिवार सम्पन्न नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता बेनी नगरपालिकाले जितेको छ । जिल्लाका ६ वटै स्थानीय तहबाट छनौट भएर आएका खेलाडीहरूको सहभागीतामा शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १५ स्वर्ण, १२ रजत र ७ कास्य पदक सहित बेनी नगरपालिकाले उपाधी हात पारेको हो ।

९ स्वर्ण, ९ रजत र ५ कास्य पदक सहित रघुगंगा गाउँपालिका द्धितिय र ४ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित अन्नपूर्ण गाउँपालिका तृतीय भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले बताए । प्रतियोगितामा बिजेतालाई क्रमश २० ह जार, १५ हजार र १० हजार नगद शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।

विजेतालाई प्रतिनिधिसभा सदस्य खमबहादुर गर्वुजा, बेनी नगरपालिकाका मेयर सुरत केसी, शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले पुरस्कार वितरण गरेका थिए। प्रतियोगिता अन्तरगत समुह खेलमा भलिबलमा छात्रतर्फ बेनी नगरपालिका प्रथम र अन्नपूर्ण गाउँपालिका द्धितीय, छात्रा भलिबलमा अन्नपूर्ण गाउँपालिका प्रथम र बेनी नगरपालिकाद्धितीय भए ।

त्यस्तै कबड्डीको छात्रतर्फ बेनी नगरपालिका प्रथम र मालिका गाउँपालिका द्धितीय तथा छात्रातर्फ मालिका गाउँपालिका प्रथम र मंगला गाउँपालिका द्धितीय स्थान हात पारेका थिए । जिल्लास्तरीय प्रतियोगितामा स्वर्ण पदक विजेता नवलपूरमा हुने गण्डकी प्रदेशस्तरीय प्रतियोगिताका लागि छनौट भएका छन् ।

पालिका र जिल्लास्तरीय खेलमा उत्कृष्ट खेलाडीलाई आवश्यक प्रोत्साहन सहित तालिम लगायतको सुविधा आवश्यक रहेको बताएका छन् । हरेक बर्ष स्थानीय तह र जिल्लास्तर हुदै प्रदेशमा समेत राम्रो खेल देखाउन सफल खेलाडीलाई सहयोग गर्ने प्रतिबद्धता जनाउने गरिएपनि आवश्यक पहल नहुदाँ खेलाडीले विद्यालयस्तरबाट प्राप्त सहयोगबाटै खेलमा सहभागी हुने गरेका छन् ।

Leave a Reply