म्याग्दीको मालिका गाउँपालिका-७,बिम बिबोटकी ८५ वर्षीया बनसाँगो गर्बुजा शनिबार विहान छोरी भेट्न काठमाण्डौ हिड्ने तयारीमा थिइन् । जेठी छोरीसँगै कान्छी छोरीलाई भेट्न काठमाण्डौ जाने गरी कपडा र अन्य सामान मिलाउन ब्यस्त थिइन् ।

शुक्रबार नै जाने योजना भएपनि बृद्धा गर्बुजाले शुक्रबारको दिन लामो यात्रा गर्दा अशुभ हुने बताएपछि रोकिएको थियो । बृद्धा गर्बुजाका छोरा खोलामा ढुंगा फोड्न र बुहारी घाँस काट्न गएकी थिईन् । छोरा खोलामै बसेर काम गर्ने भएपनि आमा काठमाण्डौ जादै गरेको जानकारी थियो ।

नातिनातिनासँगै घरमा रहेकी गर्बुजाको परिवारका सदस्यले काठमाण्डौमा ९ बजे जाने गरी जिपका चालकसँग पनि कुरा समेत गरेका थिए । सबै तयारी गरी बसेकी बृद्धा गर्बुजाको घरमा बिमवाङका टेकप्रसाद रोका टुप्लुक्क आए । मानसिक सन्तु्लन गुमेको अवस्थामा बरबराउँदै आएका टेकप्रसादले जथाभाबी गाली गरेको स्थानीयले समेत सुनेका थिए ।

अभियुक्त टेकप्रसादले जथाभावी बोल्दै कुटपिटको धक्की दिन थालेपछि बृद्धा बनसांगाले नातिनातिनीलाई घरभित्रको खाटमुनी लुकाईन् । केही बेरमा अन्धाधुन्ध ढुंगा र दाउरा प्रहार गर्न थालेपछि बृद्धा ढलिन् ।

अपराधिक मानसिकताका टेकप्रसादले ढुंगा र दाउराले लगातार प्रहार गर्न थालेपछि ८ वर्षीया नातिनी प्रियंका गर्बुजा र स्थानीय अमृता जुग्जाली अभियुक्त माथि जाइ लागे ।

टेकप्रसादको प्रहारबाट घटनास्थलमा गम्भीर घाईते अवस्थामा भेटिएकी प्रियंका र घाईते अवस्थामा अमृताको उद्धार गरिएको थियो । धारिलो ढुंगा र दाउरा प्रहार गरी भोगेका अभियुक्तले गाउँमा पार्किङमा राखेको ट्याक्सी समेत तोडफोड गरेका छन् ।

‘मेरो घरमा विहान सात बजे आएका थिए,विश्वडाँडाको पुरस्कार थाप्न आएको भन्दै थिए, अलमलमा परेजस्तो गर्थे’स्थानीय रुपलाल पुनले भने ।अभियुक्तले करिब सवा ७ बजे मेरो घरबाट तलतिर लागेका थिए ।

विश्वडाँडा कहाँ छ ? भन्ने प्रश्नमा रुपलाललाई यही कता पुरस्कारका लागि बोर्ड टाँसेको भन्दै तल तिर गएका टेकप्रसादले साढे ८ बजेको बिचमा घटना घटाएको देखिन्छ । घटनास्थलको अवस्था हेर्दा बृद्धाले नातिनातिनालाई लुकाउन खोजेजस्तो देखिएको स्थानीयको भनाई छ ।

नातिनीले हजुरआमालाई दाउराले हानेको देखेपछि प्रतिकार गर्दा उनलाई समेत चोट लागेको प्रहरीको प्रारम्भीक अनुमान छ । बृद्ध र केटाकेटी भएको मौकामा आक्रमण गरेकाले मानवीय क्षती भएको प्रहरीको भनाई छ ।

शनिबार विहान अभियुक्तले बाटोमा भेटेका पुरुषहरुसँग प्रतिवाद गर्न नसकेपछि तल गाउँ तिर लागेको देखिन्छ । टेकप्रसाद आमाबुबासँग नबसी एक्लै बस्छन् ।

बिलबाङमा अत्याधिक मदिरा सेवन गरी झगडा गर्ने गरेकाले उनीसँग बालबालिका त्रसित हुने र स्थानीयले समेत असुरक्षित महसुस गर्ने गरेका थिए ।

यता मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले घटनाको खबरले मर्माहत बनाएको बताए । उनले ज्यान गुमाउनु दुबैजनामा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गदैं पोखरामा उपचारार्थ घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

Leave a Reply