म्याग्दीको बेनी स्थित संगिनी वचत तथा ऋण सहकारीको अध्यक्षमा साधना श्रेष्ठ चयन हुनुभएको छ । शनिबार बेनीमा सम्पन्न ११ औं साधारण सभाले पुन नयाँ कार्यकालका लागी श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । त्यसैगरी समितिको उपाध्यक्षमा गौरी थापा मगर, सचिव देवी जिसी, कोषाध्यक्ष सर्मिला श्रेष्ठ रहनुभएको छ । सदस्यहरुमा मेलिना पौडेल, बिमला पौडेल, याम कुमारी ढुंगाना, बिश्व कुमारी शेरचन, सुमित्रा गैरे, मिना जिसी भण्डारी र सुनिता केसी रहनुभएको छ ।

साधारण सभाको उद्घाटन जिल्ला समन्वय समितिका उप प्रमुख दिल कुमारी खत्रीले गर्नुभएको थियो । उहाँले महिलाहरुको आर्थिक स्तरमा विकास भयो भने मुलिक सम्वृद्धि हुनेकुरामा जोड दिनुभयो । त्यसैगरी शेयर सदस्य एवं सम्मानित व्यक्तिको तर्फबाट बिष्णु गुरुंगले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

गुरुङ्गलाई ११ औं साधारण सभाको अवसरमा वर्ष २०७९ को एसइई परीक्षा उत्तीर्ण गर्नुभएकोमा संस्थाले नगद सहित सम्मान गरेको थियो । संस्थाले उत्कृष्ट बचतकर्ता अमृता खत्री र अशल कारोबारकर्ता तुल माया पुनलाइ साधारण सभाको अवसरमा सम्मान गरिएको छ ।

बि.स. २०६९ सालमा महिलाहरुको नेतृत्वमा स्थापना भएको यस सहकारीमा हाल ५ सय २५ जना शेयर सदस्य र २ करोड ३९ लाख ३ सय शेयर पुंजी रहेको छ । आर्थिक वर्ष २०७९÷८० मा संस्थाको बचत संकलन ३ करोड ७१ लाख ६४ हजार ४ सय र कर्जा लगानी ४ करोड ५४ लाख ३६ हजार ७ सय ५५ रहेको छ ।कार्यक्रम संस्थाकी अध्यक्ष साधना कुमारी श्रेष्ठको अध्यक्षता उपाध्यक्ष नविना रावलको स्वागत र सदस्य देवी जिसीको संचालनामा सम्पन्न भएको थियो ।

Leave a Reply