म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर आदर्श आवासीय माविको युवा रेडक्रस सर्कलले हालै कुवेतबाट उद्धार गरिएकी अभिभावकसँग घरमै पुगेर भेटघाटसँगै सहयोग गरेको छ ।

विद्यालयमा पाठ्यपुस्तक सहित पूर्ण छात्रवृत्तिमा कक्षा ४ माअध्ययनरत पुरन चोखालको घरमा पुगेर बैदेशिक रोजगारीको क्रममा दलालले भारत हुदै कुवेत पुर्याइएकी हिराकुमारी चोखाललाई स्वागत तथा संकलन गरिएको आर्थिक हस्तान्तरण गरिएको विद्यालयका सहायक प्रिन्सीपल ईन्द्र बरुवालले बताए ।

‘विद्यालयका एक अभिभावक समस्यामा परेको जानकारीपछि विद्यार्थीले चासो देखाएका थिए, विद्यार्थीले नै सहयोग जुटाएर घरमै पुगेर हस्तान्तरण गरियो’ सहायक प्रिन्सिपल बरुवालले भने।

निमोनीया र चिनीरोगबाट थलिएका गोविन्द चोखाल (गणेश)को उपचारमा १५ हजार पाँच नगद सहयोग गरिएको छ । जुरेसका पदाधीकारी सहित विद्यार्थी, शिक्षक नायक हरिहर गिरी, सहनायक सरिता शाही लगायतको उपस्थितिमा सहयोग हस्तान्तरण गर्दा हिराकुमारी र गोविन्द्र चोखाल भाबुक भएका थिए ।

सहयोग गरिएको रकम मध्य चार हजार २८१ गलेश्वरमा रहेको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मबाट र बाँकी गलेश्वर बजारमा संकलन गरिएको थियो ।

विद्यार्थीको रचनात्मक कार्यमा विद्यालयबाट निरन्तर सहयोग हुने विद्यालयका प्रिन्सिपल खगेन्द्र जिसीले बताए । यसअगाडी विद्यालयकै बिरामी विद्यार्थी कृश चोखाल र शुभम् चोखालका लागि अध्ययन शुल्क छुटका साथै करिब ७० हजार नगद समेत सहयोग गरिएको थियो । गलेश्वर आर्दश मावि जिल्लामा संस्थागत विद्यालयतर्फ एसइईमा समेत उत्कृष्ट नतिजा ल्याउने विद्यालयमा पर्छ ।

Leave a Reply