म्याग्दीको रघुगंगा गाउँपालिकाले नवौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक बिजेता विद्यार्थी खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । शनिवार बेनीमा सम्पन्न प्रतियोगितामा ९ स्वर्ण, ९ रजत र ५ कास्य पदक सहित दोस्रो हुन सफल रघुगंगा गाउँपालिकाले प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई सम्मान सहित पुरस्कृत गरेको हो ।

आईतवार गाउँपालिकामा आयोजित कार्यक्रममा प्रत्येक ईभेन्टमा स्वर्ण पदक बिजेता खेलाडीलाई नगद रु ३ हजार, रजत पदक खेलाडीलाई रु २ हजार ५ सय र कास्य पदक खेलाडीलाई रु २ हजारका दरले नगद पुरस्कार प्रदान गरेको हो ।

विभिन्न ईभेन्टमा पदक बिजेता खेलाडीहरुलाई कुल नगद रु ७८ हजार पुरस्कार वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी , उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल र शिक्षा अधिकृत सुवेदीले खेडाीहरुलाई नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।

गाउँपालिका अध्यक्ष भण्डारीले खेलाडीहरुको प्रोत्साहन र सम्मानको लागि पुरस्कार प्रदान गरिएको बताउनुभयो । जिल्ला स्तरीय प्रतियोगितामा दोस्रो हुन सफल रघुगंगाको खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिले नगद रु १५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरेको थियो ।

Leave a Reply