बेनी नगरपालिकाले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाउने खेलाडीहरुलाई आइतबार नगद सहित सम्मान गरेको छ । बेनीमा शनिबार सम्पन्न नवौ म्याग्दी जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा बेनी नगरपालिकाले १५ स्वर्ण, १२ रजत र ७ कास्य पदक जितेको थियो ।

नगरपालिकाले लगातार चौथो पटक राष्ट्रपति रनिङ्ग शिल्ड जितेको हो । पदक जितेका ६३ जना खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले जानकारी दिनुभयो । स्वर्ण, रजत र कास्य पदक जितेका खेलाडीलाई क्रमश ः जनही रु. एक हजार पाँच सय, एक हजार र पाँच सयका दरले नगद पुरस्कार प्रदान गरिएको छ ।एक जना खेलाडीले रु. पाँच हजार पाँच सय सम्म नगद पुरस्कार प्राप्त गरेका छन् । नगरप्रमुख सुरत केसीले पुरस्कार वितरण गर्दै खेलाडीहरुलाई हौसला र प्रोत्साहन गरिने बताउनुभयो । खेलाडी स्नेहा गर्बुजाले नगरपाकिलाको सम्मानले उत्साहीत बनाएको बताउनुभयो ।

Leave a Reply