---Advertisement---

दिच्याममा आयोजित फुटसलको उपाधी किसानी मावि बिमलाई

On: January 10, 2024 10:43 AM
Follow Us:

म्याग्दीको मालिका गाउँपालिका–६ दिच्याममा रहेको भगवती आधारभुत बिद्यालयले ५३ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा जुनियर रेडक्रस सर्कल तथा बाल क्लवको आयोजनामा भएको फुटसलमा छात्रछात्रा दुबैतर्फ किसानी मावि बिमले उपाधी जितेको छ ।

विद्यालयमा आयोजित फुसलमा छात्रतर्फ केबी एकेडमीलाई उपविजेतामा सिमित गरेको थियो । त्यस्तै छात्रातर्फ भने सिद्ध आमावि रितुङलाई फाइनलमा पराजित गरेको थियो । प्रतियोगितामा छात्रतर्फ१० टिम र छात्रातर्फ ५ टिमको सहभागिता रहेको थियो।

छात्रतर्फको विजेताले क्रमश १६ हजार, १० हजार ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी छात्रातर्फ १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको विद्यालयका प्रधानध्यापक जगत बहादुर खत्रीले बताए ।

सोही अवसरमा अभिभावक फुटसलको समेत आयोजना गरिएको थियो । विद्यालयका जुरेश अध्यक्ष मदन नेपाली, बाल क्लबका अध्यक्ष करुणा नेपालीले प्रतियोगिताले विद्यार्थीको खेल क्षमता र आपसमा सहकार्यको वातावरण बनाएको बताए । क्लव र जुरेसले हाजिरी जवाफ प्रतियोगिता सहित विभिन्न शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्यका कार्यक्रमहरुमा समेत सक्रियता देखाउने गरेको छ।