म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, पोखरेबगरमा साथीभाई समुहले आन्तरिक पर्यटन प्रर्वधनका लागि पोखराको चर्चित ब्यान्ड लेकालीको उपस्थितिमा लाइभ कन्सर्ट गर्ने भएको छ ।

उत्तरी म्याग्दी हुदै मुस्ताङ आवतजावत गर्ने पर्यटक तथा आन्तरिक रुपमा समेत अन्नपूर्णको पर्यटकीय गन्तब्य चिनाउन स्थानीय यूवा राजराम बरुवाल,गोरे पुन, बाबुराम गर्बुजा, फिरोज पुन, गोविन गर्बुजा र करुण बुदुजा आवद्ध रहेको समुहले आगामी माघ १९ गते मा कन्सर्ट गर्ने समुका सदस्य राजाराम बरुवालले बताए ।

Adv

‘पर्यटन प्रर्वधनका लागि यूवाको सानो प्रयास मात्रै हो, हामीले थप योजना सहित अन्नपूर्ण चिनाउने अभियान सुरु गरेका छौ’ बरुवालले भने । उनले पर्यटन, धार्मिक, जलविद्युत सहित अन्य प्राकृतिक सम्भावनाले भरिपूर्ण अन्नपूर्णलाई आन्तरिक पर्यटनसँग जोड्ने गरी समुहको विभिन्न गतिविधि गर्ने बताए । सोही अवसरमा नेपालका लोकप्रिय यूवा गायक प्रकाश दुतराजको प्रस्तुती समेत रहने छ । पपसंगीतमा आधारित ब्यान्ड यूवा पूस्तामा निकै लोकप्रिय छ ।

लेकाली ब्यान्ड २५ बर्ष पुगेको अवसरमा स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमहरु भइरहेको छ । ब्यान्डमा गायक नवीन गुरुङ, विशाल गुरुङ, भाइ गुरुङ, अमित गुरुङ र चाइनिज गुरुङ छन्। लेकाली ब्यान्ड २०५२ सालमा स्थापना भएको हो। यस ब्यान्डले २०५४ सालमा पहिलो एल्बम ‘यो मुटुमा’ बजारमा ल्याएको थियो। यस्तै ब्यान्डले मानस, मोहिनी, फर्की हेर्दालगायतका एल्बम निकालेको छ।लेकाली ब्यान्डको चर्चित गीतमा मुटुमा, वनमा कस्तुरी, पहिलो नजरलगायत छन्।

Leave a Reply