समाजमा कहिलेकाहीँ अकल्पनीय र दुखद घटनाहरु घट्ने गर्दछन् । यस्ता घटना घट्नुको पछाडि धेरै कारणहरु सक्छन् । मान्छेको मानसिक स्वास्थ्य अवस्था ठिक नहुँदा पनि कहिलेकाहीँ यस्ता दुखद घटना हुन पुग्छन् । यस्तै, दुखद घटना म्याग्दीको मालिका गाउँपालिका-७,बिम बिबोटमा घटेको छ ।

अपराधिक मानसिकता भएका एक सन्कीले बिमवाङका टेकप्रसाद रोकाले अन्धाधुन्ध ढुंगा र दाउरा प्रहारले एक परिवारको खुसी सेकेन्डमै खोसियो ।

अपराधिक मानसिकता भएका एक सन्कीले बिमवाङका टेकप्रसादले गत शनिबार विहानै दाउरा र ढुंगाले हान्दा ८५ वर्षीया बनसांगा गर्बुजा र उपचारको क्रममा ८ वर्षीया नातिनी प्रियंका गर्बुजाको निर्मम हत्या गरे ।

हृदयविधारक घटना घटेको ५ दिनसम्म गर्बुजाको घरपरिवार भावविह्वल छ । सिंगो गाउँ नै शोकमा डुबेको छ । आँखा अझै ओभाएका छैनन, गाउँमा सन्नाटा छाएको छ ।

मृत्युका परिवारलाई समवेदना तथा सान्त्वना दिन टाढा–टाढाबाट आफन्तजन गाउँमा पुगेका छन्। आफन्त भेट्दा उनीहरू पनि भक्कानिन्छन्। सामान्य व्यत्तिगत रुपमा चिनजान भएपनि लेनदेन, नाता सम्बन्ध तथा रिसिबी केही नभएको अवस्थामा एक्कासी घरमा पुगेर टेकप्रसादले एउटा परिवारको खुसी नै खोसेका छन् ।

टेकप्रसादले शनिबार विहान १० बजेसम्म दुई जनाको हत्या, एकजनालाई घाईते र अन्य महिला र बालबालिकालाई समेत भौतिक आक्रमणको प्रयास सामान्य थिएन । समुदायलाई बारम्बार सताउने गरेका टेकप्रसादको समस्याका बारेमा समयमै पहिचान गर्न नसक्दा एउटा परिवारको खुसी मात्रै लुटिएको छैन समाज नै त्रसित छ ।

जाँडरक्सीको दुब्र्ययसनी तथा मानसिक रोगी टेकप्रसादले घटाएको घटनाले बेला–बेलामा मानसिक रोगका कारण यस्ता दुखद घटना हुँदा “मानसिक रोगीहरु हिंसात्मक र डरलाग्दा हुन्छन् भन्ने बहस सुरू भएको छ तर सबै समाजमा मानसिक समस्या भएका सबै टेकप्रसादजस्ता भने हुदैनन् ।

मानसिक सन्तुलन गुमाएको व्यक्तिले कसैको हत्या गर्यो रे भन्ने समाचार सुन्दा वा देख्दा मानसिक रोगी हिंसात्मक नै हुन्छन् समाजको बुझाइ भएपनि टेकप्रसाद जस्ता नरभक्षी सबै बिरामी हुदैनन् ।

समयमै समस्याको पहिचान गरी उपचार गरेमा नयाँ जिवन पाउँछन् । तरपनि समाजमा मानसिक समस्या भएका, अत्यधिक रक्सी पिउने मानिसका गतिविधिलाई भने निगरानी राख्नुपर्छ भन्ने बिमको घटनाले समाजलाई भने सचेत बनाएको छ ।

कुलतमा लागेकाहरु मानसिक रूपले स्वस्थ हँुदैनन्,समाजका हुने हरेक अपराधिक गतिविधिहरुको ठूलो हिंसा कुलतमा लागेकाहरुबाटै हुने गरेको छ । त्यसैले केवल शारीरिक रोगको उपचार गरेर पुग्दैन। उनीहरुलाई नियमित उपचार हुने संस्थाको निगरानीमा राख्नु्पर्ने बेनी अस्पतालका चिकित्सक डा. गोविन्द पोख्रेलले बताए ।

नरम खालको मानसिक समस्या भएका व्यक्तिले हत्या, हिंसा गर्ने सम्भावना हुँदैन् भने कडा खालको मानसिक रोग लाग्दा भने शंका, अत्याधिक आवेग, सोँचाईमा हुने यस्ता घटना घटने हुनसक्ने डा. पोख्रेललको भनाई छ । विशेष गरि जाँड–रक्सि तथा लागूपदार्थको दुर्व्यसनी, तथा अन्य मानसिक रोगहरु जस्तो सिजोफ्रेनिया, मेनिया, अति रिस उठने रोग, डिलेरियम, डिमेन्सिया जस्ता रोगमा बिरामी हिंसात्मक व्यवहार देखाउने डा. पोख्रेलको भनाई छ ।

मानसिक रोगीले अरुले जस्तो अपराध छोप्न सक्दैनन्, धेरैले सावधानी पनि पु¥याउँदैनन्। जब रोग कडा हुन्छ ‘किन गरेको र यसको परिणाम के हुन्छ’ भन्नेसम्म जान्दैनन्। मानसिक रोगीले निश्चित उद्देश्य लिएर अपराध गरेपछि पनि गल्ती महसुस नगर्ने भएकाले रोगीलाई समयमै उपचार गर्न सकेमा समाजमा हुने अपराधिक घटना न्यूनिकरण तथा रोगीले समेत नयाँ जिवन पाउने स्वास्थ्य क्षेत्रका जानकारहरु बताउँछन् ।

अबका दिनमा समाजमा देखिने अपराधिक मानसिकताका मान्छेको पहिचान गरी उपचार तथा गतिविधिलाई नियमित निगरानी गर्न आवश्यक छ ।

बिममा घटेको घटना फेरी पनि बारम्बार नदोहोरियला भन्न सकिदैन । समयमै सचेत भएर समाजलाई नै सुरक्षित बनाउन समु्दायमा बसोबास गर्ने सबैको ठूलो जिम्मेबारी हुन्छ । शान्ति सुरक्षा कायम गर्ने र आपराधिक घटना न्यूनीकरणमा प्रहरी र नागरिक दुवैको उतिकै भूमिका आवश्यक हुन्छ । बेनी साप्ताहिक पत्रिकाबाट साभार गरिएको साम्रागी

Leave a Reply