म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ दानामा अवस्थित ज्ञानप्रकाश माविमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी एक ब्यक्तिले ४ लाखको अक्षय कोष स्थापना गरेका छन् ।

म्याग्दी जिल्लाको उत्कृष्ट सामुदायिक बिद्यालयमा पर्ने ज्ञानप्रकाश माविमा दान हाल हङकङ मा बस्ने समाजसेवी भद्रबहादुर गर्बुजा र दम्पत्ती चिना वालेन लिम्बू गर्बुजाले स्व। बुवा हवल्दार शंख बहादुर गर्बुजाको स्मृतिमा ४ लाखको अक्षय कोष स्थापना गरेका छन् ।  कोषबाट प्राप्त ब्याजले गरिब तथा जेहेन्दार बिद्यार्थीहरुका छात्रवृत्ति बितरण गरिने विद्यालयका प्रधानाध्यापक शान्त बहादुर नेपालीले बताए ।

 

उनका अनुसार सहयोगबाट हरेक बर्ष हजारले ६ जना विद्यार्थीलाई प्रति बिद्यार्थी ७ हजारको दरले वितरण गरिने छ । उत्तरी म्याग्दीका सामुदायिक विद्यालयमा हरेक बर्ष उत्कृष्ट नतिजा ल्याउन सफल भएको ज्ञानप्रकाश माविमा विदेशमा रहेका स्थानीयबासीले भौतिक पूर्वाधार सहित शैक्षिक क्षेत्रमा समेत लाखौं सहयोग गरेका छन् ।

Leave a Reply