---Advertisement---

१२ औं बेनी बोर्डिङ कप माघ २२ देखि २७ गतेसम्म हुने

On: January 10, 2024 12:39 PM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा १२ औं जिल्लास्तरीय अन्तर निमावि फुटबल प्रतियोगिता हुने भएको छ । बेनी बोर्डिङ्ग सेकेन्डरी स्कुल अन्तर्गत युवा रेडक्रस सर्कलद्वारा आयोजित फुटबल प्रतियोगिता आगामी माघ २२ देखि २७ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

निमावीस्तरमा रहेका फुटबल खेलाडीको पहिचानका लागि हरेक बर्ष हुने प्रतियोगितामा सदरमुकाम बेनी सहित जिल्लाका विभिन्न स्थानीय तहमा रहेका निजी तथा सामुदायिक विद्यालयबाट सहभागिता जनाउने विद्यालयका खेल शिक्षक बिनोद घर्ती क्षत्रीले बताए ।

प्रतियोगितामा विजेता विद्यालयलाई नगर रु ३० हजार ट्रफि मेडल, प्रमाणपत्र र उपविजेता विद्यालयलाई रु १५ हजार ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट विधामा समेत ट्रफी र प्रमाणपत्र समेत वितरण गरिने छ । म्याग्दीमा निमाविस्तरमा बेनी बोर्डिङ कप निकै चर्चित छ । बेनी बोर्डिङ कपले माविस्तरमा हुने म्याग्दी जेसीज कपलाई समेत सघाइरहेको छ ।