ठूलो आन्द्रामा समस्या देखिएपछि उपचारार्थ म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँका दिपक रिजाललाई अस्ट्रेलियामा बस्ने पूर्णगाउँबासीले करिब १ लाख २० हजार सहयोग गरेका छन् ।

लामो समयदेखि मोवाईल तथा इलेक्ट्रिक्स पेसामा संलग्न रिजालको उपचारमा आर्थिक समस्या भएपछि पूर्णगाउँका सुरेश केसी लगायतको पहलमा १ लाख १८ हजार आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिएको छ ।

आन्द्रामा समस्या देखिएपछि उपचारार्थ रिजाल नेपालका साथै भारतमा समेत पुगेर उपचार गरेपनि सोचेजस्तो सुधार नभएपछि अहिले म्याग्दी नै फर्किएका छन् । पीडित रिजालको उपचारमा आर्थिक समस्या देखिएकाले सहयोगका लागि समेत पूर्णगाउँबासीले अनुरोध गरेका छन् ।

पूर्णगाउँका इश्वर आचार्यले आर्थिक अवस्था सामान्य रहेको पीडित रिजालका छोराछोरीको शिक्षादीक्षा सहित घरखर्च र उपचारमा अहिले समस्या भइरहेको बताए। बेनीबजारमा समान्य मोवाइल पसल सञ्चालन गरि बसेका रिजालले अहिले पसल नै बन्द गरेका छन् । पीडित रिजालले उपचारमा सहयोगको याचना समेत गरेका छन् ।

Leave a Reply