---Advertisement---

लघुवित्त बैंकर्स संघ म्याग्दीले जन्मजयन्तीमा दिप प्रज्वलन (फोटो फिचर)

On: January 12, 2024 8:31 PM
Follow Us:

नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीले ३०२ औं पृथ्वी जयन्ती सदरमुकाम बेनीमा धुमधामसँग मनाएको छ । पृथ्वी जयन्तीको अवसरमा म्याग्दी जिल्लामा शाखा रहेका लघुवित्त कर्मचारीले सदरमुकाम बेनीबजारमा परिक्रमा पछि बिरेन्द्रचोकमा पुगेर सभामा परिणत भएको हो ।

बिरेन्द्रचोकमा नेपालको झन्डा र नेपालको चुच्चे नक्सा बनाएर दिप प्रज्वलन गरी राष्ट्र निर्माता पृथ्वी नारायण शाहको योगदान र इतिहासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा सन्देश सहित पृथ्वी जयन्तीको अवसरमा कार्यक्रम गरिएको नेपाल लघुवित्त बैंकर्स संघको सचिव टिकाराम रिजालले बताए ।

Adv

 

बैंकर्स संघ बेनी शाखामा आवद्ध १८ लघुवित्तमा आवद्ध रहेका ५० जनाको हाराहारीमा सहभागिता रहेको कार्यक्रममा बोल्ने बक्ताले नेपालको भौगोलिक एकीकरणको नेतृत्वकर्ता पृथ्वीनारायण शाहलाई अहिले नेपालमा उपेक्षा गरिएको बताउँदै नयाँ नेपालमा पृथ्वी नारायण शाहको योगदानको झनै चर्चा हुनुपर्ने बताएका थिए ।

राष्ट्रिय एकताको सवालमा सबै जना एक ठाउँमा हुनुपर्नेमा दलिय स्वार्थ र विभिन्न कुण्ठा पोख्दा इतिहास मेटिने जोखिम रहेको बताउँदै राष्ट्र निर्माताको जन्मजयन्तीमा एकता दिवस नेपाली संघसंस्थाले पनि मनाउनुपर्नेमा जोड दिइएको थियो । ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजित कार्यक्रमको अध्यक्षता नेपाल लघुवित्त बैंकर्स संघ म्याग्दीका अध्यक्ष लक्ष्मण पाठक, स्वागत सहसचिव चामप्रसाद धमला र सञ्चालन सचिव टिकाराम रिजालले गरेका थिए ।  

हरिकृष्ण गौतम

हरिकृष्ण गौतम बेनीअनलाइनका संस्थापक सदस्य हुनुहुन्छ।