नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको १०औं जिल्ला अधिवेशनका लागि वडाबाट प्रतिनिधि सुरू भएको छ । आगामी माघ १२ र १३ गते सदरमुकाम बेनीमा हुने जिल्ला कमिटीको नयाँ नेतृत्व चयनका लागी शनिबार वडास्तरमा शनिबार प्रतिनिधि छनौट सुरु भएको हो ।

अधिवेशनमा वडागत, जनसङ्गठन, जिल्ला कमिटीका पदाधिकारी र सदस्यसहित ४ सय १९ जना प्रतिनिधिहरुले सहभागिता जनाउने बताउंदै म्याग्दीमा एमालेका ३ हजार ४ सयजना पार्टी सदस्यहरु रहेको छ । अधिवेशनमा अन्य क्षेत्रबाट २०, महिला १५ र दलित १० जना पार्टी सदस्य अर्थात् सङ्गठित सदस्यहरु बराबर एकजना प्रतिनिधि छनोट हुने एमालेको विधानमा व्यवस्था रहेको छ । यसैगरी आवश्यकता अनुसार ५ प्रतिशत अर्थात् १२ जना प्रतिनिधिहरु मनोनित गर्ने सकिने व्यवस्था समेत रहेको छ ।

मनोनित भएमा थपिएका सहित कुल ४ सय ३१ जना प्रतिनिधिहरु अधिवेशनमा प्रतिनिधिको रुपमा सहभागी हुन पाउने छन्। जिल्ला अधिवेशनको लागि आउँदो माघ ५ गतेभित्र प्रतिनिधिहरु छनौट गरिसकिने छ। ४५ वटा वडाबाट वडागत रुपमा २ सय ४० जना प्रतिनिधिहरु अधिवेशनमा भाग लिन आउने एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले बताए । १०औं अधिवेशनको लागि “दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौ, जबजको मार्गदर्शनमा समाजवादको आधार तयार गरौं” भन्ने नारा रहेको छ ।

Leave a Reply